
बिएल संवाददाता
भारतमा २३ करोडभन्दा बढी व्यक्तिलाई खोप लगाइएको प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्।
आगामी दिनमा खोपको आपूर्तिलाई बढाइने उनले बताए। सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, “भारतसँग स्वदेशमा नै निर्मित दुई खोप छन्। अहिलेसम्म मुलुकमा २३ करोडभन्दा बढी खोपको व्यवस्था गरिएको छ। खोप आपूर्ति आउने दिनमा बढ्ने छ। त्यसैगरी देशका सातवटा कम्पनीले बिभिन्न खोपहरू उत्पादन गर्दैछन र तीनवटा खोप परीक्षणको अन्तिम चरणमा छन्।”
भारत महामारीको दोस्रो लहरमा जुधिरहेको कुरा औंल्याउँदै भाइरसको कारण आफ्ना प्रियजनहरूलाई गुमाएका परिवारहरूप्रति उनले सहानुभूतिसमेत प्रकट गरे।
खोप उत्पादन गर्ने देशहरु माग गर्ने मुलुकको तुलनामा कम रहेको बताउँदै उनले थपे, “यदि हामीसँग भारत निर्मित खोप नभएको भए भारत जस्तो ठूलो देशमा के हुने थियो होला? सरकार समयमै संवेदनशिल बन्दा यो समस्याबाट भारतीयले छुटकारा पाएका छन्।”
“पछिल्ला १०० बर्षमा अहिलेको महामारीेले सबैभन्दा विनाशकारी संकट ल्याएको छ। यस्तो महामारी आजको आधुनिक संसारमा कहिल्यै देखिएको थिएन न त अनुभव नै भएको थियो। हाम्रो देशले विश्वव्यापी महामारीमा विभिन्न तहमा लडाई लडेको छ। कोभिड अस्पताल बनाउनेदेखि लिएर आईसीयू श्यया, भेन्टिलेटर बढाउनेलगायत परीक्षण प्रयोगशालाहरूको ठूलो नेटवर्क सिर्जना भएका छन्। गत एक बर्षमा कोभिड–१९ सँग लड्न देशमा नयाँ स्वास्थ्य सेवाको संरचना निर्माण गरिएको छ,” उनले भने।
स्वास्थ्य सङ्कटका कारण कतिपय सेवाका अभाव देखिएपनि सरकारको सक्रियताका कारण ठैला क्षति हुनबाट जोगिएको पनि उनले बताए।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया