भारत र चीनको विवाद सुल्झाउन रुसी राष्ट्रपति ब्लादिमिर पुटिन सक्रिय

Source: Alexei Druzhinin/RIA Novosti

भारत चीनबीचको आपसी विवाद सुल्झाउन रुसका राष्ट्रपति ब्लादिमिर पुटिन अगाडी आएका छन्। एसिया महादेशमा अमेरिकाले बढाउदै लगेको प्रभावलाई कम गर्न पुटिन अगाडी आएका हुन्। 

अमेरिकाले गठन गरेको क्वाड समूहमा भारतको सहभागिताले एसियामा ठूलो हलचल ल्याएको छ। अमेरिका, जापानअस्ट्रेलिया समावेश ४ राष्ट्रको समूहमा भारत सहभागी भएपछि चीन सशंकित छ भने यही कारण भारत र चीनबीचको सम्बन्ध तनावपूर्ण स्थितिमा रहेको छ। 

पुटिनले हालै दिएको एउटा अन्तर्वार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिङफिङ जिम्मेवार नेता भएको बताएका छन्। त्यसैले अमेरिकाले जति नै बल प्रयोग गरे पनि आपसी मुद्धा सल्टाउन यी दुई नेता सक्षम रहेको उनको भनाई छ।



'पुटिनको दरबार': रुसी राष्ट्रपतिका आलोचक नभाल्नीले बनाएको भिडिओ करोडौँ पटक हेरियो

'विस्तारै पुटिनको कुकर्मलाई बुझ्दैछु': अमेरिकी राष्ट्रपति बाइडेन



‘भारत र चीनको बीचमा कसैको भूमिकाको आवश्यकता छैन’, अमेरिकालाई इंकित गर्दै पुटिनले भनेका छन्। उनी क्वाडमार्फत अमेरिकाले एसिया प्यासिफिकमा उपस्थिति बढाइरहेको बताउँछन्। ‘यही संगठनमार्फत अमेरिका रणनीतिक रुपमा हिन्द–प्रशान्त क्षेत्रमा बेइजिङको प्रभाव नियन्त्रण गर्न चाहन्छ। यो संगठनमा अमेरिका संलग्न हुनु नै चीनको आपत्तिको कारण हो। किनभने चीनको सीमा भारत, जापान र अस्ट्रेलियासँग जोडिएको छ, अमेरिकासँग होइन।’

रुसले यसअघि पनि यो संगठनको आलोचना गरिसकेको छ। क्वाड समूहमा भारत संलग्न हुनेवित्तिकै पुटिनले भनेका थिए, चीनको दावी छ–यो संगठन उसको विरूद्ध हो र हिन्द–प्रशान्त क्षेत्रमा बेइजिङको प्रभाव नियन्त्रण गर्न बनाइएको हो। उनले यो मुद्धाले भारत र चीनबीच आफ्नो सम्बन्धमा कुनै असर नपर्ने बताए।



 

रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक विमानस्थलबाटै पक्राउ

आफूलाई २०३६ सम्म राष्ट्रपति बनाउने कानुन पुटिनद्वारा प्रमाणीकरण



भारत र चीनबीच केही मुद्धालाई लिएर राम्रो सम्बन्ध नभएको तर छिमेकी देशबीच यस्तो भइरहने उनको भनाई छ। ‘व्यक्तिगत रुपमा प्रधानमन्त्री मोदी र चीनका राष्ट्रपति चिनफिङलाई चिन्छु। उनीहरूको स्वभावको विषयमा पनि जानकार छु। दुवै जिम्मेदार नेता हुन्। एकअर्कालाई भेट्दा पुरै आदरका साथ प्रस्तुत हुन्छन्। एकअर्काको गरिमा राख्छन्। म पूर्ण विश्वस्त छु, कुनै मुद्धा आयो भने उनीहरू समाधान निकाल्न सक्षम छन्। यसैले दोस्रो क्षेत्रको देशको बीचको मुद्धामा म प्रवेश गर्दिन,’ उनले भने।

हालै अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले हिन्द–प्रशान्त क्षेत्रमा चुनौतीसँग लड्न भारत प्रमुख साक्षेदार भएको बताएका थिए। उनले दुवै देशले आपसी सम्बन्धलाई प्राथमिकता दिने कुरा पनि बताएका थिए। 

तर, पुटिन भारत र रुसको सम्बन्ध विशेष भएको बताउँछन्। उनले भारतसँगको आफ्नो सम्बन्ध विश्वासको आधारमा टिकेको बताए।

प्रकाशित मिति: : 2021-06-07 20:38:00

प्रतिकृया दिनुहोस्