थाहा खबर
राउटे नेपालको एक लोपोन्मुख जाति हो। यो समुदायको आफ्नै चलन छ। आफूलाई जंगलको राजा भन्न रुचाउने यो समुदायमा भिन्नै खालको परम्परा र रीतिरिवाज छ।
जंगलमा बस्ने, कोही मान्छेको मृत्यु भएमा बसिरहेको स्थानमा उसको शव गाडेर अर्को स्थानमा बसाइँ सर्ने यो राउटे जाति कर्णालीमा बसोबास गर्दै आएको छ। १३८ जनाको संख्याको परिवारमा रहेको यो समुदायमा रास्कोटी, सुर्य वंशी र कल्याल ठकुरी भनेर तीन गोत्रमा विभाजित छन्।
यो समुदायको आफ्नै इष्टमित्रबाहेक अन्य कोही कसैसँग विवाह गर्ने प्रचलन छैन।
उनीहरूको चलनमा आफ्ना इष्टमित्रको घरमा छोरी जन्मिएको खण्डमा उसै समयमा ती छोरी कसकी श्रीमती हुने भन्ने कुरा राउटेले उतिबेलै टुंगो लगाई दिन्छन्। त्यति भएपछि ती बालिका ११ देखि १२ वर्ष भएको समयमा युवतीका बुबा–आमाले उनीहरूको विवाह गराईदिने चलनसमेत यस समुदायमा छ।
राउटेको आफ्नै कानुन
आजभन्दा चार वर्ष पहिले दैलेखको महावु गाउँपालिका–२ साविकको बडाखोला अस्पतालमा एक राउटे महिला सुत्केरी हुन नसकेका कारण अस्पताल भर्ना भएकी थिइन्। उनको पेटमा रहेको बच्चाको मृत्यु भयो भने उनको ज्यान स्वास्थ्यकर्मीले जोगाइदिए। उपचारपछि उनी आफ्नो बस्तीमा गइन् तर त्यहाँ राउटे समुदायले अस्पतालमा गई उपचार गरेर अन्य व्यक्तिसँग कुरा गरेको भन्दै हत्यासमेत गरिदिएका स्रोतको दाबी छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया