आयुर्वेद केन्द्रको आइसोलेसमा कोरोना जितेका बालबालिकालाई नेपाल स्काउटले पुर्‍यायो बालगृह

शनि शाक्य

काठमाडौं

कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको आइसोलेसनबाट ५२ जना बालबालिका कोरोना जितेर फर्किएका छन्। 

कोरोना संक्रमित भई आइसोलेसनमा उपचार गरी रहेका उनीहरुलाई नेपाल स्काउटको ‘नन कोभिड एम्बुलेन्स’ले शनिबार नक्सालस्थित बालमन्दिर र सिफल बालगृह पुर्‍याउन सहजिकरण गरेको थियो।

संक्रमितल बालबालिकाले १० दिनमा कोरोना जितेर फर्किएका हुन। नेपाल स्काउट स्पेसल टास्क फोर्स’ संयोजक तथा वागमती प्रदेश सदस्य अजित लामा, सगरमाथा आरोही तथा वागमती प्रदेश सदस्य प्रकाश राज पान्डे र ललितपुर माहानगर सदस्य बिकेन्द्र महर्जनले उनीहरुलाई फर्काउन सहजिकरण गरेको हो र बागमती प्रदेश संयोजक केसरत्न बज्राचार्यको महत्त्व पुर्ण उपस्थितमा रहेको थियो ।

उनीहरूलाई बिदाइ गर्ने समयमा उपचारमा संलग्न नर्सहरूले नाचगान समेत गरेका थिए। अस्पतालमा बाँकी रहेका संक्रमितहरूलाई हौसला दिन नर्सहरूले गीत गाउने र नाच्ने गरेको नर्सहरुले बताएका छन्। 

नेपाल स्काउटले निषेधाज्ञा जारी भएदेखि नै कोरोना नलागेका दीर्घ रोगी तथा नियमित जाँच गर्नु पर्ने विरामीलाई अस्पतालसम्म निःशुल्क पुर्‍याएर उपचार गर्दै आएको छ।

प्रकाशित मिति: : 2021-06-07 13:42:00

प्रतिकृया दिनुहोस्