करिना कपूरले ताेकिन् आफ्नाे नयाँ पारिश्रमिक

बलिउड अभिनेत्री करिना कपूरले नयाँ चलचित्रकाे लागि आफ्नाे पारिश्रमिक १२ करोड ताेकेकी छन्। 

बहुप्रतिक्षित चलचित्र 'रामायण'काे निर्माण समूहले उनलाई 'सिता' काे पात्रकाे लागि अफर गरेकाे थियाे। जसकाे लागि करिनाले १० महिनाकाे समय दिनुपर्नेछ। 

त्यसाे त उनले अघिल्ला चलचित्रहरमा ८ देखि १० कराेड पारिश्रमिक लिदै आएकी थिइन्। तर करिनाले यो चलचित्रका लागि भने १२ करोड पारिश्रमिक मागेको भारतीय मिडियाले उल्लेख गरेका छन्।

प्रकाशित मिति: : 2021-06-07 13:02:00

प्रतिकृया दिनुहोस्