'युरो-कप' सुरु हुनुअघि नै स्पेनका कप्तान सर्जियो बुस्केट्सलाई काेराेना संक्रमण

Photo : Goal.com
Photo : Goal.com

स्पेनका फुटबल कप्तान सर्जियो बुस्केट्सलाई कोरोना संक्रमण पुष्टि भएकाे छ।

युरोकप सुरू हुन अब सात दिन मात्र बाँकी छ। तर सुरु हुनुअघि नै कप्तान बुस्केट्सलाई कोरोना पोजेटिभ देखिएको हो।

कोरोना देखिएपछि बुस्केट्सले लिथुनियाविरुद्धको मैत्रीपूर्ण खेल समेत गुमाउने छन्।

स्पेनले अर्काे मंगलबार लिथुनियासँग मैत्रीपूर्ण खेल खेल्दैछ।

बुस्केट्सबाहेक टिमका अन्य सदस्यलाई भने कोरोना नेगेटिभ देखिएको छ। कोरोना देखिएपछि ३२ वर्षीय मिडफिल्डर सेल्फ आईसोलेसनमा बसेका छन्।

प्रकाशित मिति: : 2021-06-07 09:12:00

प्रतिकृया दिनुहोस्