चीनमा कोइला खानीमा ग्यास विस्फोट हुँदा आठको मृत्यु

File photo
File photo

चीनको उत्तरपूर्वमा रहेको हेलोङच्याङ प्रान्तमा कोइला खानीमा ग्यासको विस्फोट हुँदा कम्तीमा आठजना सम्पर्कबिहीन भएका स्थानीय अधिकारीले शनिबार बताएका छन्। 

बिस्फोटपछि उनीहरूलाई जीबितै भेट्टाउने सम्भावना क्षीण रहेको अधिकारीहरूले बताएका छन्। 

चिनियाँ समाचार संस्था सिन्ह्वाले स्थानीय अधिकारीलाई उद्धृत गरी ज्यासी शहरको कोइलाखानीमा लङ्मे माइनिङ होल्डिंग ग्रुप कम्पनी लिमिटेडद्वारा संचालित कोइला खानीमा शनिबार दिउसो १२ः०७ मा दुर्घटना भएको जनाएको छ। 

उद्धारकर्मीहरूले वेपत्ता श्रमिकहरूको खोजी र उद्धार प्रयासहरू गरिरहेको तर आइतबार साँझसम्म उनीहरूको अवस्था थाहा हुन नसकेको बताएका छन्। रासस 

प्रकाशित मिति: : 2021-06-06 21:46:00

प्रतिकृया दिनुहोस्