स्वास्थ्य सामग्री लिएर थबाङ पुगे एमाले नेता नवीन रोकामगर

नेकपा एमाले केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज नवीन रोकामगर स्वास्थ्य सामग्री लिएर थबाङ पुगेका छन्।

रोजगारीको शिलशिलामा साउदी अरब पुगेका ६ जना युवाको आर्थिक सहयोगमा एमाले नेता रोकामगर र यमूना रोकामगर कोरोना भाइरस रोकथाम तथा न्यूनीकरणका गर्ने स्वास्थ्य सामग्री लिएर रोल्पा पुगेका हुन्।

युवाहरूको पहलमा आर्थिक सहयोग र एमाले रोल्पा जिल्ला इन्चार्ज रोकामगरको समन्वयमा चार लाख १० हजार २ सय ६ रुपैयाँ बराबरको स्वास्थ्य सामान खरिद गरेर थबाङ गाउँपालिकालाई हस्तान्तरण गरेको थबाङ गाउँपालिका स्वास्थ्य शाखा संयोजक तुलबहादुर पुनले जानकारी दिए।

धनबहादुर झाँक्री, जोरधन विक, बीरबहादुर बुढामगर, हरिचन्द्र झाँक्री, रमेश बुढामगर र बिपीन झाँक्रीमगरले विश्व महामारी कोरोना भाइरस संटकको समयमा स्वास्थ्य सामग्रीका लागि आर्थिक सहयोग संकलन गरेका हुन्।

४७ लिटरका चार वटा अक्सिजन सिलिण्डरसहित, १० लिटरकाे १ वटा अक्सिजन कन्सन्ट्रेटर, पिपिई सेट १३ वटा, ग्लाेवस ९०० वटा साेडियम हाइफाे क्लाेराइड  ५ प्रतिशत  साेलुसन ५ लिटरका १० वटा जार, आस्थालिन साेलुसन नेवुलाइजेसनकाे लागि १ एम एलका ८० वटा,  १ एमएलका ४० वटा आइम्राट्राेपिएम साेलुसन गाउँपालिकालाई हस्तान्तरण गरिएकाे हाे।

महामारीको समयमा सबै नागरिकले आ–आफ्नो ढंगबाट तीनै तहका सरकारलाई सहयोग गर्नुपर्ने नेता रोकामगरले बताए। उनले भने, ‘सरकारलाई नागरिकले पनि सहयोग गर्नुपर्छ। सरकारको मात्रै मुख ताकेर हुँदैन। सक्नेजति सबैले सहयोग गरौँ। कोरोना संकटबाट बचौँ।’

थबाङ गाउँपालिका अध्यक्ष बीरबहादुर घर्तीले प्रवासी युवासँगको समन्बयमार्फत् गाउँपालिकामा स्वास्थ्य सामग्री प्रदान गर्ने एमाले केन्द्रीय सदस्य रोकामगरलाई धन्यवाद दिएका छन्। महामारीको समयमा आ–आफ्नो तर्फबाट सक्दो सहयोग गरी गाउँपालिकामा स्वास्थ्य सामग्री पठाउने सबैप्रति अध्यक्ष घर्तीले आभार व्यक्त गरे। 

हस्तान्तरण कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेवत बहादुर बुढाथाेकी, जलजला अस्पताल तथा अनुसन्धान केन्द्र थबाङका निमित्त कार्यालय प्रमुख राजकुमार बुढामगर, वीर बलभद्र नमुना मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय घर्ती समाजसेवी जयप्रकाश राेका प्रताप र अमित घर्तीमगरकाे उपस्थित रहेकाे थियाे।

प्रकाशित मिति: : 2021-06-06 15:54:00

प्रतिकृया दिनुहोस्