म्यान्मार: सैन्य नेतासँग गुपचुप भेटेपछि आसियान प्रतिनिधिको विरोध

सुधा अत्रि

म्यान्मार
Photo- MNA

दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संठगन (आसियान)का प्रतिनिधिहरूले म्यान्मार सैन्य नेताहरूसँग भेटवार्ता गरेका छन्। 

सैनिकले गत फब्रुअरी १ देखि गरेको राजनीतिक ‘कू’ले बढ्दो हिंसा समाधानको उपाय खोज्न आसियान सम्मेलनको निर्णय अनुसार प्रतिनिधिहरू म्यान्मार आएका हुन्। 

म्यान्मार ‘कू’का नाइके वरिष्ठ जनरल मिन आङ हाइडसँग ब्रनाईका द्वितीय परराष्ट्र मन्त्री इरवान यूसुफ र आसियानका महासचिव जलरल लिम जोक होईसँग भेट गरेका छन्। तर, भेटवार्ताका क्रमा उनीहरू बिच गरिएको कुराकानी सार्वजनिक गरिएको छैन। 

शुक्रबार सम्पन्न भेटमा म्यान्मार जनप्रतिनिधिहरूको राष्ट्रिय एकता सरकार (छाया सरकार)को तर्फबाट कुनैपनि प्रतिनिधि सहभागी भएका छैनन्।

आसियान प्रतिनिधिले आफूहरूसँग पनि छुट्टै भेटवार्ता गर्नुपर्ने छाया सरकारका एक प्रतिनिधिले बताएका छन्। सैन्य नेताहरूसँगको भेटले मात्रै म्यान्मार संकटको समाधान नहुने उनीले बताएका छन्। 

म्यान्माली जनताको भविस्यका लागि गरिने चर्चामा जनताको समेत प्रधिनिधित्क हुनुपर्ने राष्ट्रिय एकता सरकारका प्रवक्ताले जनाएका छन्। उनले भने, ‘सैनिकको बोली होइन, जनताको आवाज सुन्न आवश्यक छ।’

राजधानी नेपिटोस्थित अड्डामा सैन्य नेताहरूसँग आसियान प्रतिनिधिले गुपचुप भेटवार्ता गरेपछि तीब्र रुपमा विरोध शुरु भएको छ। विभिन्न स्थानमा आसियानको झण्डा जलाउदै सैन्य नेता र आसियानविरूद्ध म्यान्माली नागरिक प्रदर्शनमा उत्रिएका छन्।

प्रकाशित मिति: : 2021-06-06 10:52:00

प्रतिकृया दिनुहोस्