दुई रुपैयाँले बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

File photo
File photo

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल तथा हवाइ इन्धनको मूल्य बढाएको छ। 

शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेललगायत हवाइ इन्धनमा दुई रुपैयाँले मूल्य बढेको निगमले जनाएको छ। 

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १२५ रुपैयाँ, डिजेल र मट्टितेलको १०८ रुपैयाँ र हवाई इन्धनको ८० रुपैयाँ पर्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए। 

निरन्तर बढीरहेको कच्चा तेलको मूल्य एवम् अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन हुने क्रम जारी रहे निगमले आगामी दिनमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिरहनु पर्ने बाध्यता आउन सक्ने निगमका प्रवक्ता उपाध्यायको भनाइ छ। 

प्रकाशित मिति: : 2021-06-05 21:42:00

प्रतिकृया दिनुहोस्