अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पको फेसबुक अकाउन्ट दुई वर्षका लागि 'सस्पेन्ड'

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : BBC
Photo : BBC

फेसबुकले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्ट दुई वर्षको लागि सस्पेन्ड गरेको छ।

उनको अकाउन्ट ७ जनवरी २०२१ देखि सस्पेन्ड भएको बताइएको छ। यसै दिन उनको अकाउन्ट सस्पेन्ड भएको थियो। फेसबुकको ग्लोबल अफेयर्स हेर्ने उपाध्यक्ष निक क्लेगले शुक्रबार आफ्नो ब्लगमार्फत यसको जानकारी दिएका हुन्। 

फेसबुकका अनुसार ट्रम्पले आफ्नो अकाउन्ट अब ७ जनवरी २०२३ सम्म एक्सेस गर्न पाउने छैनन्। यही नोभेम्बर २०२२ मा हुने मिड टर्म चुनावमा पनि उनको फेसबुकले काम गर्ने छैन।

ट्रम्पले आफ्नो फेसबुक बन्द गर्ने कार्यलाई ७ दशमलव ५ करोड मानिसको बेइज्जती भएको प्रतिक्रिया दिएका छन्। सन् २०२० मा भएको राष्ट्रपति चुनावमा उनलाई यति भोट प्राप्त भएको थियो। 

ट्रम्पले आफूलाई सेन्सर लगाए पनि सबैको आवाजलाई बन्द गर्न नसकिने बताएका छन्। ‘हामी पुनः निर्वाचित हुनेछौं। हाम्रो देश यो बेइज्जतीलाई धेरै समय झेल्ने छैन,’ उनले भनेका छन्। 

फेसबुकले विशेषज्ञसँग सल्लाह गरेर यो निर्णय गरिएको बताएको छ। अमेरिकाका हिंसा र शान्ति भंग नहोस् भनेर यस्तो कदम उठाइएको बताइएको छ। 

अमेरिकी राष्ट्रपतिको चुनावको निर्णय बाहिर आएपछि ६ जनवरीमा ट्रम्पका समर्थक अमेरिकी संसद भवन क्यापिटल हिलमा प्रवेश गरेका थिए। यो ठाउँमा हिंसा भएको थियो। यही घटनापछि ट्रम्पको फेसबुक अकाउन्ट बन्द गरिएको हो। 

इन्स्टाग्राम र गुगलको प्लेटफर्म युट्युबले पनि ट्रम्पको अकाउन्ट सस्पेन्ड गरेको थियो। ट्वीटरले ट्रम्पको अकाउन्ट सधैभरिका लागि बन्द गरिसकेको छ।

प्रकाशित मिति: : 2021-06-05 19:19:00

प्रतिकृया दिनुहोस्