प्रिय पाठकहरुलाई सुरुमै जानकारी गराइन्छ, याे लेख कर्णालीबाटै प्रतिष्ठान लगायत विश्वविद्यालयकाे नेतृत्व तहमा बसेका र बस्न चाहनेहरुकाे उत्प्रेरणाकाे लागि लेखिएकाे हाे। त्यसैले कर्णालीबाट पहिलाे पटक प्रितिष्ठानकाे नेतृत्व तहमा रहेका रजिस्ट्रार विश्वराज काफ्लेकाे अध्ययन अवस्थादेखि हालसम्मको पेरिफेरी समेटेर याे लेख तयार पारिएको छ। अरुचि हुनेले समय खेर नफाल्न अनुराेध गर्दै अगाडि बढ्ने अनुमति चाहन्छु।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत अन्य प्रतिष्ठान र विश्वविद्यालयहरुमा उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार लगायत पदाधिकारीहरु राजनीतिक भागबण्डाबाट नियुक्त हुन्छन्। जसले देशकाे गए-गुज्रेकाे अवस्था थाहा पाउन आइतबार कुर्नु पर्दैन। काफ्ले पनि त्यसरी नै नियुक्त भएका एक पात्र हुन्। संयाेग उनी कर्णालीकै हुन पुगे। प्रक्रिया गलतै भए पनि राज्य संयन्त्रमा उनकाे पहुँच पुग्याे र कर्णालीकै मान्छेले नेतृत्व तहमा बसेर काम गर्ने अवसर पायाे।
जेठ १९ इतिहासमा हरेक हिसाबले सम्झिरहनुपर्ने दिन छ। राजदरबार हत्याकाण्डका हिसाबले हाेस् वा गणतन्त्र आइसकेपछि पनि कालिकोटमा जननिर्वाचित वडा सदस्य मना सार्कीकाे हत्याको हिसाबले।
सिंजामा सक्कल बमोजिम नक्कलसमेत ठिक हुन सकेकाे छैन। सिंजामा राेजगारी पाउने मान्छे भेटाउनु पनि कासी गएर जल खारएर आएका मान्छे भेटाउनु सरह नै थियाे।
दरबार हत्याकाण्ड हुँदा उनले भर्खर एसएलसी परीक्षा दिएका थिए। दरबार हत्याकाण्डकै कारण एसएलसीकाे नतिजा ढिलाे हुन गई साउनसम्म लम्बिएकाे थियाे। त्यसपछि उनी पढ्न भनी राजारानी मारिएकाे राजधानी गएका थिए। राजधानी छिर्दाताका उनीसँग अविस्मरणीय कथा छ। जुन उनी कहिल्यै बिर्सन सक्दैनन्।
सिंजामा बैंक थिएन। बैंकको पहुँचमा पुगेकाे गाउँमा एक थान फाेटाेकपि सिंहदरबार आएपछि हाे। तर फाेटाेकपि सिंहदरबारले कमसलै भएपनि सबै प्रकारका फाेटाेकपि सिंहदरबारकाे सेवा दिन सकेका छैनन्। त्यसैले त सिंजामा सक्कल बमोजिम नक्कलसमेत ठिक हुन सकेकाे छैन। सिंजामा राेजगारी पाउने मान्छे भेटाउनु पनि कासी गएर जल खारएर आएका मान्छे भेटाउनु सरह नै थियाे। अहिले त सिंजाकाे पहुँच बिस्तारै हरेक स्थानमा पुग्न थालेकाे छ।
काफ्लेका बुबा एक माैसमी व्यापारी थिए। वर्षामा बालीनाली लगाउन जुम्ला आइपुग्ने र हिउँदमा इन्डिया लगायत नेपालका विभिन्न स्थानमा गलैंचा, राडी, पाखी साल, स्वीटर र विभिन्न जटिबुटि हरुकाे व्यापार गर्ने गर्थे। जसरी इन्डियाका मान्छे नेपालका गल्ली गल्छेडामा खाली सीसी, फलाम, पलास्टीक गर्छन्। वर्षामा घर नफर्किए त 'चैत्र १२ गते घर नआयाकाे जुम्ली मर्याे भुनि जान्नु' भन्न परि हाल्थ्याे।
त्यसरी कमाएका बीस हजार रुपियाँ गाँठाे पारी छाेराेलाई पढ्न पठाए। त्यही पैसा मार्किनकाे कपडामा गाँठाे पारेर जनैसँगै ढाडमा बाँधि उनी राजधानी छिरेका थिए। राजधानीमा मान्छे हराउँछन् भन्ने सुनेका उनले त्यसबेला काठमाडौंका दाेकान र ठाउँका नाम गणित र विज्ञानका सुत्र कण्ठ गरेजस्तै गरेका थिए।
केही समय राजधानीमा आफन्तसँग बसेर कटाए पनि पढ्ने अवसर भने पाेखरमा जुर्याे। ईलेक्ट्रिकल प्रविधिमा ओभर्सियर पढे। त्यहीँ उनले मध्यपश्चिमका विद्यार्थीहरुसँग मिलेर राजनीति पनि गरे। तर उनीहरु अधिकांश एमाले र माओवादीमा थिए। उनी भने काँग्रेसकाे विद्यार्थी संगठनमा लागे।
सरकारी स्कुलमा पढेकाे केटाे उनलाई अंग्रेजीमा पढ्नु जतिकाे सकस त खाजा खाने पैसाकाे लागि हजुरआमासँग मिलेर चामल र सिमी चाेरेर बेच्नु जत्तिकाे पनि भएकाे थिएन।
कारण थियाे, गाउँमा स्थानीय निकायकाे निर्वाचन हुँदा एमाले र मजदुर किसान पार्टीकाहरु मिलेर काँग्रेसबाट उठेकी उनकी आमालाई हराइदिएका थिए। पारिवारिक राजनीतिकाे असरले गर्दा उनी नेविसंघमा लागे। त्यसबेला देखि नै उनकाे राजनीतिक पहुँच बन्ने प्रक्रिया सुरु भयाे। तर पनि उनी हाेल टाइमर राजनीतिक कार्यकर्ता हुन सकेनन्। कारण पढ्न गएकाे छाेराे राजनीतिमा लागेर बिग्रियाे भनेर बाबुकाे चिन्ता ज्वराे आएकाे बिरामीको थर्माेमिटरमा पाराे चडेजस्ताे उकालाे लागिहाल्ला भन्ने थियाे। त्यसैले उनले पढ्ने मेसाे मिलाए।
सरकारी स्कुलमा पढेकाे केटाे उनलाई अंग्रेजीमा पढ्नु जतिकाे सकस त खाजा खाने पैसाकाे लागि हजुरआमासँग मिलेर चामल र सिमी चाेरेर बेच्नु जत्तिकाे पनि भएकाे थिएन। पैदल हिडेर पाँच दिन सम्म जुम्ला, कालिकाेट, दैलेख हुँदै सुर्खेत, नेपालगन्ज पुगेर ट्युसन पढ्नु पनि भएको थिएन। दशैँँँमा घर आउँदा किताबका भारी र पढ्नकाे लागि बाल्ने मट्टीतेल बाेकेर ओहोरदोहोर गर्नु के गाह्राे जति अंग्रेजी बुझ्न थियाे। जे हाेस कन्ठ गर्ने बानि पर्याे। पास गर्न सजिलाे भइदियाे। तर अंग्रेजी भाषा विस्तारै सहज लाग्दै गयाे।
ढाडमा बाँधेका बीस हजार रुपियाँका गाँठाे सानाे हुँदै गर्दा उनकाे सम्बन्धकाे गाँठाे भने बड्दै गएकाे थियाे। दशैँँमा घर फर्किनेबेला दुई हजार रुपियाँ बचेकाे थियाे भने काठमाडौं र पाेखरामा दुई हजार जनासँग मिल्ने भइसकेका थिए। सानाे फुच्चे जुम्लि सबैकाे प्रिय बनिसकेकाे थियाे। दशैँँमा जुम्लाबाट फर्किने दिन माओवादीले जुम्ला आक्रमण गरेका थिए। उनी पाेखरा जान दश दिन ढिलाे हुँदा सबैले मर्याे भन्ने आंकलन गर्न थालिएछ र साथीहरु चिन्तित बनेछन्।
पाेखरामा डिप्लोमा तहकाे पढाइ सकिएपछि स्नातक तहमा अध्ययन गर्न उनि राजधानी गए। स्नातक तहमा छात्रवृत्तिमा पढ्ने अवसर मिल्याे। त्यहाँ हुँदा नेपाली काँग्रेसका युवा नेता गगन थापासँग राम्रो सम्बन्ध बनिसकेको थियाे। त्यही बीचमा सामाजिक गतिविधि गर्न कर्णाली प्राविधिक समाज नामकाे संस्था गठन गरे। डाक्टर, नर्स, इन्जिनियरहरुकाे समूह बन्याे। कर्णालीकाे नाममा केही न केही गतिविधि भइरहे। त्यही समूहको नाममा ओैषधि संकलन गरि सिंजामा हेल्थ क्याम्प गर्न सम्भव भएकाे उनी बताउँछन्। उनले भने, 'त्यसबेला सिंजासम्म ओैषधि पुर्याउन खच्चडकाे साहारा लिनु परेकाे थियाे।'
स्नातक तहकाे अध्ययन सकिए पछि उनी काठमाडौंका विभिन्न कलेजमा पढाउन थाले। संगै कम्प्युटर प्रविधिमा स्नातकोत्तर तहकाे अध्ययन पनि अगाडि बढाए। त्यसबेला उनलाई लाग्याे काम गर्नु र पढ्नु भनेकाे दु:ख गर्नु हाेइन। काम गर्नु मेहनत गर्नु हाे। जसले मान्छेकाे क्षमता विकासमा टेवा पुर्याउँछ।
कर्णाली प्राविधिक समाजले गतिविधि गरिरहेकाे थियाे। राजनीतिक गतिविधि पनि भइरहेका थिए। नेपाली राजनीतिका प्रिय नेता गगन थापासँगकाे सम्बन्ध पनि राम्राे बन्दै गयाे। थापा प्रचण्ड नेतृत्वको सरकारकाे स्वास्थ्यमन्त्री भए।
त्यसबेला कर्णाली प्राविधिक समाजका प्राविधिकहरु कर्णालीका विभिन्न क्षेत्रमा सेवा दिइरहेका थिए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीले उनलाई रजिस्ट्रारकाे लागि तयारी गर्न अनुराेध गरे। कारण थियाे गगन थापासँगकाे सम्बन्ध। राजनीतिक भागबन्डाबाट नियुक्त हुने पदाधिकारीमा उनकाे पहुँच पुग्ने सहि समय भएकाे थियाे। माैका छाेप्न साथीहरुले सुझाए।
इन्जिनियरिङ क्षेत्रकाे मान्छेले स्वास्थ्य क्षेत्रकाे काम? उनलाई असम्भव जस्ताे लाग्याे। उनलाई प्रस्ताव गर्नेहरुले हाैसला दिए। ऐन नियम अध्ययन गर्न लगाए। बिस्तारै उनमा आँट पलायाे। याे प्रस्ताव गगन थापासम्म पुग्याे। २०७४ जेठ १९ गते ३२ वर्षिय युवा, आफ्नाे कर्मथलाेमा केही गर्न पर्छ साेचेर युवा जाेश र जाँगरका साथ उनी प्रतिष्ठानकाे रजिस्ट्रारमा नियुक्त भए। जेठ १९ सबै नेपालीले सम्झिरहने दिन उनका लागि झन् विशेष भइदियाे। कर्णालीकाे इतिहासमा विश्वविद्यालय स्तरकाे शैक्षिक संस्थाकाे नेतृत्व तहमा कर्णालीकै मान्छेकाे पहुँच पुग्याे।
पहिला नहुने साेच बनाएका उनी बिस्तारै हुने मनसाय बनाएका थिए। केही कुरा साेचि सके पछि पूरा गरेरै छाेड्ने उनी अनेकाैं कष्टका बाबजुत नाै महिनामा सफल भए, रजिस्ट्रारकाे नियुक्ति लिन।
गर्नुपर्ने काम थुप्रै थिए। भाैतिक पूर्वाधार र जनशक्ति दुबै हिसाबले प्रतिष्ठान फुलेको भएपनि फक्रिन पाएकाे थिएन। कर्णाली सुन्ने बित्तिकै नाक खुम्च्याउने काठमाडौंबाट चिकित्सक, स्वास्थ्यकर्मी जुम्ला ल्याउनु फलामको चिउरा थियाे। गाउँलेले जग्गा दान गरेका थिए तर प्रतिष्ठानकाे नाममा आउने ऐन सहज थिएन। मन्त्री परिषद्काे बैठक बस्नुपर्थ्याे। संस्था विश्वविद्यालय स्तरकाे थियाे। तर पुराका पुरा विभागमा विशेषज्ञ थिएनन्। जटिल केसहरु आउनेवित्तिकै रिफर गर्नुपर्थ्याे। लाज छाेप्न कहाँ जानू?
उनी आएकै बेलाकाे एउटा घटना यसरी सम्झिन्छन्।
'प्रतिष्ठानमा एउटा छिना गाउँको एक्सिडेन्टल केस आएकाे थियाे। २४ घण्टा अब्जर्भेसनमा राख्दै गर्दा बिरामीको मृत्युु भयाे। गाउँलेहरुले अस्पतालकाे लापरबाही भनेर प्रतिष्ठान घेरे, ढुङ्गा मुडा गरे, क्षतिपूर्तिकाे माग गरे।
कमजोरी प्रतिष्ठानकाे थिएन। चिकित्सककाे त झनै थिएन। तर उपकरणकाे अभाव थियाे। प्रशासनकाे सहयोगले मुद्दा सल्टियाे।'
काेराेना महामारीको पहिलाे चरणमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान देशकाे दाेस्राे धेरै संख्यामा पीसीआर परिक्षण गर्ने संस्था हुन पुग्याे। मध्यमश्चिम र सुदूरपश्चिमका पीसीआर परिक्षण सम्भव हुन गयाे।
त्यसपछि उपकरण भित्र्याउने म्याराथन सुरु भएकाे थियाे। सीटी स्क्यान, स्तरिय ल्याब, डिजिटल एक्सरे, अक्सिजन प्लान्ट, भेल्टिलेटर, आईसियु सेवा र काेराेना महामारीको बेलामा आर टी पीसीआर लगायतका मेसिनहरु जडान भए।
काेराेना महामारीको पहिलाे चरणमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान देशकाे दाेस्राे धेरै संख्यामा पीसीआर परिक्षण गर्ने संस्था हुन पुग्याे। मध्यमश्चिम र सुदूरपश्चिमका पीसीआर परिक्षण सम्भव हुन गयाे। त्यस्तै काेराेना महामारीको दाेस्राे चरणमा देशभर अक्सिजन अभाव हुँदै गर्दा प्रतिष्ठानले कुनै पनि खालकाे तनाव झेल्नु परेन। बरु सुगमका बिरामीहरु विकटमा आएर सेवा लिन थाले।
काफ्ले भन्छन्, 'याे हामी नेतृत्व तहमा बसेका एक जनाकाे प्रयासले मात्र सफल भएकाे थिएन। हामी सबैकाे सामुहिक प्रयत्न, समुदायको साथ साहयाेग र विश्वास तथा मिडियाकाे प्रचारप्रसार सबैले सम्भव भएकाे थियाे।'
कर्णालीका अधिकांस गाउँका बिरामीहरु अहिले पनि अस्पताल आउनुभन्दा पहिला धामीझाँक्रीकहाँ पुग्छन्। घरकाे ओटालाेमै अस्पताल हुँदा पनि छिमेकी धामीकहाँ जाँदा कयाैं बिरामी आँखा अगाडि मरेकाे दृश्यले मन अमिलाे बनाएकाे बताउछन्। काँफ्ले भन्छन्, 'स्वास्थ्यकर्मी घरघर पठाउँदा प्रतिष्ठानकाे सेवाले व्यापकता पाएकाे थियाे।'
परिणाम आज प्रतिष्ठानमा ३०० बेड अस्पताल संचालनमा छ। १२ बेड आई. सि .यु. र २४ बेड एच.डि.यु. सुरु भएको छ। मुगु, कालिकोट, डोल्पा, हुम्ला, बाजुरा, जाजरकोट, सुर्खेत, दैलेख, पश्चिम रुकुममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु पठाई समस्त दुर्गम क्षेत्रलाई स्वास्थ्य सेवा दिने कार्यमा प्रतिष्ठानले अग्रणी भूमिका निभाउन सफल भएको छ।
हाल प्रतिष्ठानले एमडीजीपी कार्यक्रम संचालन गरेकाे छ। डाक्टर गाेबिन्द केसीले उठाएकाे प्रमुख मुद्दा एमबीबीएस संचालन गर्न चिकित्सा शिक्षा आयोगद्वारा निरिक्षण सम्पन्न भइसकेकाेकाे छ। 'भावनामा बगेर हुँदैन जुम्लामा एमबीबीएस चल्दैन' भन्नेहरुलाई प्रतिष्ठानले दराे झापड हानिसकेकाे छ। काफ्ले फेरि पनि यी सबैकाे जस सामुहिक प्रयन्तलाई नै दिन चाहन्छन्।
यति धेरै उपलब्धि हासिल गरेकाे प्रतिष्ठान आलोचनाबाट मुक्त भने हुन सकेकाे छैन। प्रमाण पत्र तहकाे एच ए र स्टाफ नर्स कार्यक्रमकाे प्रवेश परिक्षामा आफ्ना मान्छे उतिर्ण गराउन प्रश्नपत्रकाे गाेपनियता भंग गर्ने देखि लिएर आफ्ना मान्छेलाई जागिर दिने सम्मकाे काम सजिलै भइरहेकाे थियाे। प्रवेश परिक्षामा चलखेल हुने काम सँधैकाे लागि बन्द गर्ने संयन्त्र बनेकाे छ।
तर आफ्ना मान्छे जागिर लगाउने संयन्त्र अझै बलियाे छ। परिणाम पदाधिकारी, प्रशाशक, नेतादेखि पत्रकारका मान्छेहरुले प्रतिष्ठानलाई मागि खाने भाँडाे बनाएका छन्। काफ्ले भन्छन्, 'राजनीति र भावनाले हामी चुकिरहेका छाैं। याे संयन्त्रलाई निष्क्रिय बनाउन सकेमा प्रतिष्ठानकाे उचाई अझ बढ्नेछ। मलाई पनि काँग्रेसकाे मान्छे भएर पार्टीको काम गरेन भन्ने आराेप छ। सार्वजनिक पदधारण गरिसके पछि सबैकाे काम गर्नु पर्छ।'
केही सिमाहरुलाई भुलेर प्रतिष्ठानले लिएकाे उचाइलाई हेर्ने हाे भने इटा थप्ने स्वच्छ मन हुनेले भविष्यमा पनि प्रतिष्ठान चलाउने काम कर्णालीकै जनशक्तिबाट हुनेछ। आफ्नाे भान्साकाे डाडे-पन्यु आफैले चलाउनेछ।