सोमालियामा खाद्य संकट, २७ लाखभन्दा बढी मानिस प्रभावित

बिएल संवाददाता

संयुक्त राष्ट्रसंघ
Symbolic photo
Symbolic photo

सोमालियमा खडेरीका कारण खाद्य संकट परेको जनाइएको छ। 

यहाँ समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खा पन भएको र जसका कारण २७ लाखभन्दा बढी मानिस प्रभावित भएका बताइएको छ। 

सो कुरा सोमालियामा रहेको मानवीय सहायतासम्बन्धी निकायले जानकारी दिएको छ। मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) का अनुसार सोमालियामा खडेरीका कारण यहाँका यति धेरै नागरिक प्रभावित भएका हुन्। 

यसै वर्षको अप्रिलदेखि सेप्टेम्बर सम्ममा ती नागरिकलाई खाद्य संकट पर्ने जनाइएको छ। आवश्यक मात्रामा पानी नपरेका कारण उब्जनी नभएकोले यहाँ खाद्यान्न उत्पादन हुन सकेको छैन त्यसैले उनीहरुलाई आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने जनाइएको छ।

सोमालियाको सरकारले यही अप्रिल २५ तारिखका दिन संयुक्त राष्ट्रसंघीय अधिकारीहरुसँग परामर्श गरी यहाँ खडेरीका कारण खाद्य संकट पर्न गएको घोषणा गरिएको थियो। 

सोही कारण संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी उक्त निकायले सहयोगका लागि विदेशी दातृसंस्था या देशहरुलाई आग्रह पनि गरेको बताइएको छ। रासस 

प्रकाशित मिति: : 2021-06-04 18:14:00

प्रतिकृया दिनुहोस्