अमेरिकाले ग्रीन कार्ड सम्बन्धि ७ प्रतिशतको कोटा बन्द गर्ने सम्भावना

फाइल तस्वीर
फाइल तस्वीर

अमेरिकाले ग्रीन कार्डको ७ प्रतिशतको सीमा बन्द गर्ने सम्भावना बढेको छ।

सबै देशलाई रोजगारमा आधारित भएर दिँदै आएको ग्रीन गार्डको सीमा हटाउने विषयमा अमेरिकी सरकारले विपक्षी पार्टीसँग मिलेर संयुक्त रुपमा अमेरिकी कंग्रेसमा एउटा विधेयक पेश गरेको छ।

सन् १९९० पछि पहिलो पल्ट यो नियममा परिवर्तन आउने सम्भावना प्रबल छ। ‘इक्वल एक्सेस टु ग्रीन कार्ड फर लिगल इम्प्लोयमेन्ट’ कानुन यसै वर्ष सिनेटबाट पारित हुने बताइएको छ।

सिनेटबाट पारित भएको कानुन राष्ट्रपतिले हस्ताक्षर गरेपछि विधेयकको रुपमा प्रस्तुत हुनेछ।

यस विधेयकमा परिवार प्रायोजित भिसाको सीमा भने बढ्ने छ। प्रति देश ७ प्रतिशतको सीमा बढाएर १५ प्रतिशत हुने सम्भावना प्रबल छ।

आब्रजन र नागरिकताको सम्बन्धमा सदनको उप समितिकी अध्यक्ष लोफग्रेनले भनिन्, ‘हामी सबैलाई थाहा छ, हाम्रो आव्रजन प्रणालीमा त्रुटी छ।’

ग्रीन कार्डका कारण प्रवासीले स्थायी रुपमा अमेरिकामा बसोबास गर्ने विशेषधिकार प्राप्त गर्दै आइरहेका छन्।
 

प्रकाशित मिति: : 2021-06-04 17:19:00

प्रतिकृया दिनुहोस्