मलेसियामा ‘सेक्युरिटी भ्यान’ दुर्घटनामा एक नेपाली श्रमिकको निधन, ८ गम्भीर घाइते

बिएल संवाददाता

क्वालालम्पुर
photo: hestar.com
photo: hestar.com

मलेसियामा बुधबार एउटा ‘सेक्युरिटी भ्यान’ दुर्घटनाग्रस्त हुँदा एक नेपाली श्रमिकको घटनास्थलमै निधन भएको छ, भने आठ नेपाली गम्भीर घाइते भएका छन्। 

निधन हुने नेपाली ३७ वर्षको भएको र उनी सेक्युरिटी गार्डमा कार्यरत रहेको स्थानीय मिडियाले बताएको छ। यस्तै घटना स्थलमा निधन भएका चालक स्थानीय मलेसियन भएको र उनको उमेर ५३ वर्ष रहेको बताइएको छ। 

घाइते नेपाली श्रमिकको सुल्तानाह अमिनाह अस्पतालमा उपचार भइरहेको छ। बुधबार बिहान ७ बजेर ४५ मिनेटमा जलान तुलाङ डार्ट–इस्टर्न डिस्पर्सल लिङ एक्सप्रेसवे (इडीएल) मा भ्यान दुर्घटनाग्रस्त भएको थियो। ९ नेपाली श्रमिक बोकेको गइरहेको भ्यान बिजुलीको खम्बामा ठोक्किएको थियो। 

घटना कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। कोरोना महामारीको बेला मलेसियाली सरकारले लगाएको नियमविपरित एउटै भ्यानमा कसरी ९ जना श्रमिकलाई राखियो भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2021-06-03 14:35:00

प्रतिकृया दिनुहोस्