जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले पहिलो वरियताका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित चार जना नेतालाई पार्टीबाट निस्कासन गरेको घोषणा गरेको छ।
जसपाकाे उपेन्द्र यादव पक्षको सोमबार बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय लक्ष्मणलाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निस्कासन गरेको घोषणा गरेको हो।
एक वर्षअघिमात्र ७ाकुर र यादव नेतृत्वका दुई दलबीच एकीकरणको घोषणा गरेका थिए। यादव पक्षको निर्णयसँगै अब जसपा औपचारिक रुपमा फुट्ने छ।
ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने तयारीमा छ भने यादव पक्ष विपक्षी गठबन्धनमा लागेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर उपेन्द्र यादवकाे मन्त्री बन्ने कोशिश संसदीय दलमा बहुमत रहेका अध्यक्ष ठाकुरको अडानका कारण असफल भएकाे थियो।