न्यूरोड गेट सम्भार गरिदै (फाेटाे/भिडियाे)

शनि शाक्य

काठमाडौँ

यतिबेला काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ।

सर्वसाधारण घर भित्रै बस्न बाध्य छन्। यहाँ सम्म कि खाद्यान्नका पसलहरुसमेत बन्द छन्। चारैतिर सुनसान छ। यसका बाबजुद पनि विभिन्न ठाउँहरुमा भौतिक निर्माणका कामहरु भने चलिरहेकै छन्।

राणाकालिन समयमा बनेको काठमाडौंको नयाँ सडक (न्यूरोड) गेट जिर्ण भएपछि मर्मत सम्भार गरिदै छ। ‘सुन्दर काठमाडौं अभियान’ अन्तर्गत काठमाडौं महानगरपालिकाले न्यूरोड गेटको मर्मत सम्भार सुरु गरेको हो।

गेट मर्मत सम्भारका लागि महानगरपालिकाले आरडिआर निर्माण सेवा सम्पनीलाई ३९ लाख ९० हजार रुपैयाँमा ठेक्का दिएको हो।

भूकम्पपछि न्युरोड गेटको झिंगटा (छाना) भत्किएको थियो। गेटमा देवी-देवताका १२ वटा मूर्ति छन्। ती मूर्तिको स्वरुप परिवर्तन नहुनेगरी मर्मत गरिदै छ।

राणाकालिन समयमा बनेको उक्त गेट इँटा, टायल र काठको झिंगटीले बनेको थियो।

प्रकाशित मिति: : 2021-05-30 16:34:00

प्रतिकृया दिनुहोस्