बेलायती प्रधानमन्त्रीले २३ वर्ष कान्छी प्रेमीकासँग गुपचुपमा गरे तेस्राे बिहे

Photo :  REUTERS
Photo : REUTERS

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफूभन्दा २३ वर्ष कान्छी प्रेमीकासँग तेस्राे विहे गरेका छन्।

ब्रिटिस अखबारहरुका अनुसार ५६ वर्षीय जोन्सनले शनिबार ३३ वर्षीय प्रेमिका क्यारी सिमोन्ड्ससँग गुपचुप विवाह गरेका हुन्।

उनले विवाहमा एकदमै थोरे मानिसहरुलाई बोलाएर विहे गरेका थिए। वेस्टमिनस्टर क्याथेड्रलमा ३० जना मानिसहरूलाई बोलाएर जोन्सनको विवाह भएको समाचारमा उल्लेख गरिएको छ।

जोन्सनको विवाहका बारे प्रधानमन्त्री कार्यालयकै धेरै मानिसलाई थाहा दिइएको थिएन। उनीहरुले विवाहलाई गुपचुप राख्न खोजे पनि विवाहमा सहभागीले शुभकामना दिएपछि खबर बाहिरीएको थियो।

जोन्सन र सिमोन्ड्स सन् २०१८ देखि रोमान्टिक प्रेम सम्बन्धमा थिए। सन् २०२० मा मात्रै उनीहरुले सम्बधनबारे खुलाएका थिए।

सिमोन्ड्सले गतवर्षका अप्रिलमा छोरालाई जन्म दिएकी थिइन्। जोन्सनले यसअघि गरेका दुइटा विवाह डिभोर्समा टुंगिएका थिए।
 

प्रकाशित मिति: : 2021-05-30 09:42:00

प्रतिकृया दिनुहोस्