अध्ययन भन्छ : खाली पेट लिची खानु स्वास्थ्यका लागि हानिकारक !

Garden.Ecc
Garden.Ecc

खाली पेट लिची खानु स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरूको भनाइ छ। लिचीमा एक प्रकारको विषाक्त पदार्थ अनुसन्धानले देखाएको छ। 

जसले विशेषगरी खाली पेटमा सेवन गरेमा रगतमा चिनीको मात्रालाई कम गराउन सक्छ। लिचीमा विभिन्न भिटामिन, मिनिरल, पोटासियम, कपर, भिटामिन सी, इपिक्चाटेचिन, रुटिन जस्ता एन्टिअक्सिडन्टहरू प्रशस्त मात्रामा हुन्छन्। 

ठिक्क मात्रामा यसको सेवनले छालाको रक्षा गर्न, प्रतिरक्षा प्रणालीलाई बढाउन, तौल घटाउन, क्यान्सरको रोकथामका लागि लाभदायक हुनसक्छ। लिचीमा हाइपोग्लाइसिन ए र मिथेलिन साइक्लोप्रोइाएन ग्लाइसिन नामक विषाक्त हुने अध्ययनहरूले पत्ता लगाएका छन्।

धेरै लिचीको सेवनले वान्ता हुनसक्छ। साथै, यसमा भएको विषाक्तले शरीरलाई ग्लुकोज बनाउनबाट रोक्छ। पहिलादेखि रगतमा चिनीको मात्रा कम भएका तथा पोषण नपुगेका साना बच्चाहरूमा यसले थप असर गर्छ।

खाली पेटमा धेरै मात्रामा लिचीको सेवनले केही समयमै रगतमा चिनीको मात्रा कम गराएर प्रतिकुल प्रभावहरू देखाउन सक्छ । परिणामस्वरूप अत्यधिक थकान, रिँगटा लाग्ने, स्मरणशक्ति कमजोर हुने, निद्रा लागेकोजस्तो मसहुस हुने, लठ्ठ हुने, ज्वरो आउने, सिजर हुने वा मृत्युसमेत निम्त्याउछ।  

प्रकाशित मिति: : 2021-05-29 21:29:00

प्रतिकृया दिनुहोस्