बेलायतको ५ सय वर्ष लामो नेवीको इतिहासमा पहिलो महिलालाई उच्च ओहदा 

Photo- bbc
Photo- bbc

बेलायतले रोयल नेवीको रियर एडमिरलका लागि पहिलो पल्ट महिला सदस्यको नाम घोषणा भएको छ। बेलायती नेवीको ५ सय वर्ष लामो इतिहासमा पहिलो पल्ट महिला उच्च ओहदामा पुगेकी हुन्।

कमोडोर जुड टेरी आउँदो २०२२ को अगस्टदेखि यो पदमा आसिन हुनेछिन्। उनको हालको उमेर ४७ वर्ष छ।

उनलाई दिन लागिएको पद रोयल आर्मीमा मेजर जर्नेल तथा एयरफोर्समा सह–मार्शलको पद बराबरी हो। बेलायतमा आर्मी र एयरफोर्समा यो पदमा महिला नियुक्त भए पनि नेवीमा हालसम्म हुनसकेको थिएन। यो नेवीमा चौथो उच्च -याकको पद हो।

जुड यसअघि नेवीको परिवहन जहाज एचएमएस ओसियनमा कार्यरत थिइन। यो जहाज बेलायती नेवीको हेलिकोप्टरको ल्याण्डिङ प्लेटफर्म हो।

जुड च्यानल–४ को युद्धपोत शृंखलाको निर्माण गर्ने टिमको प्रमुख सदस्य पनि थिइन। नेवीमा उनको करिअर २५ वर्ष लामो छ। उनले रोयल नेवीको लजिस्टिक अफिसरदेखि पिपल डिलिभरीको कार्यबहाक निर्देशक पदमा बसेर काम गरिसकेकी छिन्।

उनलाई २०१७ मा नेवीको सबैभन्दा ठूलो सम्मान ‘अर्डर अफ द ब्रिटिश एम्पायर’ ९ओबीई० बाट सम्मानित गरिएको थियो। जुडका बुवा पनि रोयल नेवीको एचएमएस टाइगरमा अफिसर ¥याकमा कार्यरत थिए।

बेलायती रोयल नेवीमा ३० हजार जना कार्यरत छन्। यसमा १२ प्रतिशत मात्र महिलाको उपस्थिति छ।

रियर एडमिरल पदमा आफूलाई नियुक्त गर्ने निर्णयपछि जुडले भनेकी छिन्, ‘यो मेरो लागि गर्वको विषय हो। नेवीले मेरो क्षमताको पहिचान गरेको छ। महिला भएकै नाताले मलाई अहिलेसम्म भेदभावको शिकार हुनुपरेको छैन। यसले मलाई प्रोत्साहित गरेको छ।’

प्रकाशित मिति: : 2021-05-28 12:34:00

प्रतिकृया दिनुहोस्