जापानमा एक नेपालीको शंकास्पद अवस्थामा शव फेला

Symbolic photo
Symbolic photo

जापानको साइतामा प्रान्तमा पाण्डे थर भएका अन्दाजी ३५ वर्ष उमेरका एक नेपालीको शंकास्पद अवस्थामा मृत्यु भएको छ।

नेपालमा नवलपरासी बर्दघाट घर भएका उनी केही समयदेखि जापानमा रोजगारी गर्दै आइरहेका थिए।

उनको श्रीमती पनि जापानमै भएको तर श्रीमान बसेको शहरभन्दा टाढा गुन्माकेनमा बसेर काम गरिरहेको उनको पारिवारिक श्रोतले जानकारी दिएको छ।

मृतकको शव उनी बसोबास गर्ने साइतामास्थित तोकुरोजावामा फेला परेको थियो। स्थानीय जापानी प्रहरीका अनुसार उनको शव २७ मे बिहीबार फेला परेको हो। तर निधन भने पहिले नै भइसकेको थियो।

हाल शवलाई पोस्टमर्टमका लागि अस्पतालमा राखिएको प्रहरीले स्थानीय मिडियालाई जानकारी दिएको छ।

मृतक पाण्डे गत महिना नेपालबाट जापान फर्किएका थिए। उनी केही समय ‘होम क्वारेन्टिन’ मा बसेको बुझिएको छ। उनको निधनको कारण भने पत्ता लागेको छैन।

प्रकाशित मिति: : 2021-05-28 12:15:00

प्रतिकृया दिनुहोस्