कोरोनाविरुद्ध लड्न अर्थ मन्त्रालयले ४१ अस्पताललाई दियो एक अर्ब ४१ करोड

काेराेना भाइरसका कारण गम्भीर बिरामी परेका र बालबालिकाहरुको उपचारका लागि पिडियाट्रिक आईसीयू र आईसीयू भेन्टिलेटरको थप व्यवस्था गर्न अर्थ मन्त्रालयले ४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँ सुनिश्चित गरेको छ।

भक्तपुर अस्पताललाई १२ करोड, सेती प्रादेशिक अस्पताललाई ६ करोड, गजेन्द्रनारायण अस्पताललाई ९ करोड, तुलसीपुर अस्पताललाई ९ करोड र रुपैयाँ सुनिश्चित गरिएको छ।

पिडियाट्रिक आईसीयूतर्फ ताप्लेजुङ अस्पताल, खोटाङ अस्पताल, सोलुखुम्बु अस्पताल, ओखलढुंगा अस्पताल, रंगेली अस्पताल, सुनसरी अस्पताल, संखुवासभा अस्पताल, तेह्रथुम अस्पताल, भोजपुर अस्पताल, सर्लाही अस्पताल, बारा अस्पताल, रामेछाप अस्पताल, दोलखा अस्पताल, रत्ननगर अस्पताल, भक्तपुर नगर अस्पताल, रसुवा अस्पताल, पर्वत अस्पताल, स्याङ्जा अस्पताल, म्यादी अस्पताल, पाल्पा अस्पताल, रोल्पा अस्पताल, पृथ्वीचन्द्र अस्पताल, मुसिकोट अस्पताल, मुगु अस्पताल र मेहलकुना अस्पताललाई पनि तीनरतीन करोड रुपैयाँको सहमति दिइएको छ।

आईसीयू, भेन्टिलेटरतर्फ धुलिखेल अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल तथा भीम अस्पताललाई १ करोड ८० लाख रुपैयाँका दरले सहमति दिइएको छ।

गजेन्द्रनारायण अस्पताल, भेरी अस्पताल, डडेलधुरा अस्पताल, नारायणी अस्पताल, कोसी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुर प्रादेशिक अस्पताल र सुर्खेत प्रदेश अस्पताललाई १ करोड २० लाख रुपैयाँका दरले स्रोत सुनिश्चित गरिएको छ।

कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताललाई तीनरतीन करोड रुपैयाँ सुनिश्चित गरिएको छ।

अर्थ मन्त्रालयले मेची अस्पताल र धौलागिरि अस्पताललाई ६० लाख रुपैयाँका दरले र सेती प्रादेशिक अस्पताल तथा महाकाली अस्पताल र भरतपुर अस्पताललाई २ करोड ४० लाख रुपैयाँका दरले स्रोत सुनिश्चित गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-05-27 19:35:00

प्रतिकृया दिनुहोस्