म्यान्मारः त्यो गोर्खा पल्टन, यो गोर्खा पल्टन

दोस्रो विश्व युद्धपछि म्यान्मार स्वतन्त्र सेनाका प्रमुख तथा स्वतन्त्रपिता आऊ सानले चौथो गोर्खा राईफललाई देशको भरोसा ठाने।

गोर्खा सेनाको विरता, इमान्दारिता र देशप्रतिको प्रेमलाई देखेर म्यान्मार स्वतन्त्र सेना सँग- सँगै हिँडाएको गर्वलाग्दो इतिहास छ।

गोर्खाहरू म्यान्मार स्वतन्त्र युद्धमा सामेल भएका थिए। तसर्थ म्यान्मार स्वतन्त्र भएपछि पनि गोर्खा जाति नै म्यान्मारको आन्तरिक र अखण्डताको उत्कृष्ट रक्षक मानिन्छ। पछिल्लो समय इतिहासलाई बिर्सेर तानाशाही बनेको सरकारी सेनाले चौथो गोर्खा पल्टनलाई विध्वंस गरेर गोर्खालाई अन्य पल्टनमा भर्ती गराई गोर्खाहरूको एकतालाई नष्ट गरेको छ।

प्रत्येक बर्मेली तथा गोर्खा नागरिकले पाउनुपर्ने अधिकारलाई हनन गर्दै वर्षौदेखि बर्बर दमन गरिरहेको छ। हामी म्यान्माली जनताले सैन्य क्रूरता आजसम्म पनि भोगिरहेका छौँ। 

सन् १९६२ देखि म्यानमार सैनिकले म्यान्मारमा सैन्य ‘कू’ गर्दै आएको छ। नागरिकमाथि सैन्य बर्बरता आजपनि उस्तै छ। सन् १९८८ मा म्यान्मार सेनाले विभिन्न बहाना बनाएर पुनः सैन्य ‘कू’ गरेयता गोर्खाली समेत सेनाप्रति सन्तुष्ट छैनन्। उनीहरू म्यान्मारको दिगो विकास र स्वतन्त्रता चाहन्छन्।

गोर्खाहरू म्यान्मारको कचिन प्रान्तमा सक्रिय भूमिगत सशस्त्र सैन्य दस्ता कचिन स्वतन्त्रता सेनामा भर्ना भइरहेका छन्। यो सत्य धेरै हदसम्म नेपालीभाषी माझ गुपचुप रहेपनि पछिल्लो समय विस्तारै वास्तविक खुलिरहेको छ।

कुनै समयको जल्दोबल्दो चौथो गोर्खा राइफल अहिले खिया लागेको छ। त्यहाँ पल्टन छ– गोर्खा सिपाही छैनन्। नाम त गोर्खा नै छ। तर, गोर्खाहरूको आस्था पटक्कै छैन।

केआईएमा भर्ना भएका गोर्खा सेनाको विरता इमान्दारितालाई सम्मान गर्दै कचिन स्वतन्त्र सेनाले गोर्खा बटालियन तयार पारेको हो। म्यान्मारको कचिन प्रान्तमा बसोबास गर्ने नेपालीभाषी झण्डै तीन दशकदेखि सरकारी सुरक्षा–फौजविरूद्ध युद्ध मैदानमा उत्रिएका छन्। उनी कचिन स्वतन्त्र संगठनको लडाकु दस्ता केआईएमा जोडिएको ३० वर्षभन्दा बढी भइसकेको छ।

सन् १९४१ मा म्यान्मार (बर्मा)मा पहिलोपटक जापानले शक्तिशाली सैन्य आक्रमण गरेको थियो। त्यस–ताका कम्तीमा दश हजार गोर्खा सेनाले जापानविरूद्ध डटेर लडे। बहादुर गोर्खालीको अघि कुनै उपाय नलागेपछि जापानी सेनासँग एउटै विकल्प थियो– हार। अन्ततः वीर गोर्खाले म्यान्मारको भूमि जोगाउँन आफू रगतमा मुछिदैँ भएपनि तत्कालिन बर्मा जोगाए।

गोर्खाले त्यस–ताका प्रदर्शन गरेको खुकुरी र बलिदानले बर्मा, म्यान्मार भयो। तर, ती बहादुर सहीदका गोर्खा सन्तान आजपनि उस्तै वियोगमा बाँचिरहेका छन्।

दोस्रो विश्व युद्धपछि म्यान्मार स्वतन्त्र सेनाका प्रमुख तथा राष्ट्रपिता तखिन् आऊ सानद्वारा चौथौं गोर्खा राईफलमा भएका गोर्खा सेनाको विरता इमान्दारिता र देशप्रतिको प्रेमलाई देखेर  बर्मा स्वतन्त्र सेनामा भर्ती गराएका थिए।

म्यान्मार स्वतन्त्रताको युद्धमा गोर्खाहरू महत्वपूर्ण सहभागीता देखिन्छ। म्यान्मार स्वतन्त्र भएपछि गोर्खा सेना देशको आन्तरिक र अखण्डताको उत्कृष्ट रक्षक भएको इतिहासले बताउँछ।

गोर्खा– हिजो जापानसँग लडे। बर्मा बचाए। आजको म्यान्मारमा सरकारी सुरक्षा–फौजसँग लडेर प्रजातन्त्र जोगाउने सपना छ। नेपालीभाषीहरू पुनः गोर्खा खुकुरी हातमा उचाल्दैँ युद्ध मैदानमा खटेका छन्। 

सन् १९८८ मा म्यान्मार सेनाद्वारा पुनः ‘कू’गरेपछि नेपालीभाषीहरू कचिन प्रान्तमा भएको बर्मा स्वतन्त्रताको युद्धमा सरिक भए। म्यान्मार सरकारी सेनामा केवल गोर्खा नामको पल्टन मात्र छ। तर, गोर्खा सेना छैनन्। 

-रंगुन (म्यान्मार)बाट प्रकाश शर्माको सहयोगमा 



म्यान्मारः समयका दुःखद बिडम्बनाहरु! 

म्यान्मार 'जुन्ता' समर्थकलाई युगानुकूल सामाजिक दण्ड– 'पानी बन्द'  

'डर कायम गर्ने सपना देख्छ, त्यो क्रूर शासक'

प्रकाशित मिति: : 2021-05-27 17:47:00

प्रतिकृया दिनुहोस्