भारतमा हिजो दुई लाख भन्दा कम व्यक्तिमा कोरोना संक्रमण

बिएल संवाददाता

नयाँदिल्ली
फाइल तस्वीर
फाइल तस्वीर

भारतमा पछिल्ला केही दिनदेखि कोभिड–१९ बाट संक्रमितको संख्या भने घटेको छ। गत २४ घण्टामा एक लाख ९६ हजार ४२७ जना नयाँ संक्रमित भेटिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको छ।

भारतमा दुई लाख भन्दा कम व्यक्तिमा कोरोना सक्रमण भेटिएको ४० दिनयता हिजो पहिलो पटक हो।

कोरोना शुरु भएयता हालसम्म यहाँ दुइ करोड ६९ लाख २४ हजार  ८७४  जनामा कोरोना संक्रमण भइसकेको छ।  भारतमा अझै पनि २५ लाख ८६ हजार ७८२ जनामा सक्रिय संक्रमित रहेका छन्।

भारतमा कोरोनाभाइरस महामारीबाट विगत २४ घण्टामा थप तीन  हजार ७४१ जनाको मृत्यु भएको मन्त्रालयले मंगलबार जनाएको छ। हिजो सोमबार केही दिनयताको तुलनामा मृतकको संख्यामा पनि कमि आएको बताइएको छ।

भारतमा बढी घातक मानिएको कोभिड–१९ को दोस्रो लहर शुरु भएयता दैनिक चार हजारको हाराहारीमा संक्रमितको मृत्यु भइरहेको छ।

भारतमा कोभिड–१९ को संक्रमणबाट मृत्यु  हुने व्यक्तिको संख्या तीन लाख नाघेको छ। कोभिड–१९ को दोस्रो लहर निकै घातक रहेको र बिरामीलाई तत्कालै अक्सिजन दिनुपर्ने देखिएको छ।

विज्ञहरुको भनाईमा भारत सरकारले सार्वजनिक गरेको विवरण भन्दा बढी संख्यामा कोभिड–१९ संक्रमितको मृत्यु भएको छ। यद्यपी यसको प्रष्ट विवरण प्राप्त भइसकेको छैन।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गरेको थियो। सो समयबाट हालसम्म करिब १९ करोड ८५ लाख ३८ हजार९९९ डोज खोप लगाइएको छ।रासस/सिन्ह्वा

प्रकाशित मिति: : 2021-05-25 15:36:00

प्रतिकृया दिनुहोस्