वडाध्यक्ष कटुवालले दिए संक्रमितलाई स्वास्थ्य सामाग्री

कमल गाउँपालिका वडा न. १ का वडाध्यक्ष केदार कटुवालले आफना वडाका कोरोना संक्रमितहरुलाई स्वास्थ्य सामाग्रीहरु दिएका छन्।उनले आफनो निजी खर्चमा कोभिड संक्रमणबाट घरमै उपचार गरिआएका १७ जना संक्रमितहरुलाई भिटामिन,पारासिटामोल,सेनिटाईजर ,माक्स लगायतका स्वास्थ्य सामाग्रीहरु दिएका हुन्। संक्रमितहरुको स्वास्थ्य अवस्था बुझदै वडाध्यक्ष कटुवालले ती स्वास्थ्य सामाग्रीहरु वितरण गरेका हुन्।

वडाको बाँसबारी,सोलमारी,सराङपाडालगायतका स्थानमा संक्रमण देखिएको उनले जनाए। कोरोनाबाट संक्रमण भएर होम आइसोलेसनमा बसेका सवैलाई त्यसै किसिमका आवश्यक स्वास्थ्य सामाग्रीहरु वितरण गरिने समेत वडाध्यक्ष कटुवालले बताएका छन्। सामाजिक कार्यमा सक्रिय युवा व्यक्तित्व वडाध्यक्ष कटुवालले यसअघि आफनो नीजि खर्चमा यहाँ विभिन्न परोपकारी कार्यहरुमा सहयोग गरिआएका छन्। यसैवीच कमलमा दोश्रो भेरियन्टबाट हालसम्म १२६ जना संक्रमित भएका छन्।

प्रकाशित मिति: : 2021-05-22 15:20:00

प्रतिकृया दिनुहोस्