थप ८६०७ जनामा कोरोना पुष्टि, १७७ जनाको मृत्यु

फाइल तस्वीर
फाइल तस्वीर

पछिल्लो २४ घण्टामा ८ हजार ६०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पिसिआर र एन्टिजेन बिधिबाट गत २४ घण्टामा २३ हजार २२६ जनामा गरिएको परीक्षणमा ८ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी ७ हजार ८९० जना भने निको भएका छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १७७ जनाको मृत्यु भएको छ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ४२ जना पुगेको छ। कूल चार लाख ९७ हजार ५२ कोरोना पोजेटिभ हुँदा तीन लाख ७४ हजार ८३६ जना भने निको भएका छन्।

यसैगरी नेपालमा सक्रिय संक्रमितको सङ्ख्या एक लाख १६ हजार १९२ पुगेको मन्त्रालयले जनाएको छ। 
 

प्रकाशित मिति: : 2021-05-21 17:47:00

प्रतिकृया दिनुहोस्