रुसमा करिब ५० लाख संक्रमित पुगे

रुसमा कोरोना भाइरसका करिब ५० लाख जना संक्रमित पुगेको बताइएको छ। 

यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीकनुसार यहाँ बिहीबारसम्ममा ४९ लाख ७५ हजार जना कोरोना भाइरसका संक्रमित पुगेका बताइएको छ। 

रुसमा गएको २४ घन्टामा ९ हजार २३२ जना संक्रमित पुगेको बताइएको छ। गएको २४ घन्टामा देखिएको यो संख्या पछिल्ला केही हप्तायताकै सबैभन्दा धेरै हो। 

यहाँ गएको २४ घन्टायता ३९६ जना संक्रमितको ज्यान गएको बताइएको छ। पछिल्ला केही हप्ता यता यहाँ कोभिड १९ का संक्रमितहरुको संख्या निरन्तर बढ्दो देखिएको छ। 

रुसमा सबैभन्दा बढी यहाँको मस्को सहरमा संक्रमित भएका छन्। यो क्षेत्रमा शुरुदेखि नै कोरोनाका संक्रमितहरु बढेका हुन्। यहाँ रुसले नै उत्पादन गरेको कोरोना भाइरसका विरुद्धको खोप पनि दिइएको छ। तर खोप दिइ नै रहेको भए पनि यहाँ संक्रमितहरु पनि बढिरहेका छन्। रासस 

प्रकाशित मिति: : 2021-05-21 14:54:00

प्रतिकृया दिनुहोस्