अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड विनियोजन

फाइल तस्वीर
फाइल तस्वीर

बर्दिया जिल्ला अस्पतालमा अक्सिजन जडानका लागि सङ्घीय सरकारले विनियोजन गरेको रकमबाट तत्काल लागि उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले रु डेढ करोड  विनियोजन गरेकी छन्।

उपलब्ध रकम अस्पतालको मागअनुसार नै भएको जिल्ला अस्पताल बर्दिया गुलरिया अध्यक्ष अङ्गद श्रेष्ठले बताए। उनले मन्त्रालयबाट प्राप्त रकमको सही तवरले उपयोग गरिने बताए।

बर्दियामा स्वास्थ्यकर्मीको जनशक्ति कमी भएको हुँदा  थप पहल गरिइरहेको राज्यमन्त्री विकले जानकारी दिइन्।

दोस्रो लहरको कोरोना महामारीमा  सङ्घीय सरकारले देशभरिका १२ अस्पताललाई रु १६ करोड ८० लाख विनियोजन गरेको छ।

ती अस्पतालमध्ये बर्दिया अस्पताललाई अक्सिजन प्लान्ट र पाइप लाइन विस्तारका लागि डेढ करोड विनियोजन गरिएको हो।रासस

प्रकाशित मिति: : 2021-05-19 13:41:00

प्रतिकृया दिनुहोस्