नग्न 'तैलचित्र'लाई स्वीकार गर्न किन हिचकिचाउने ?

Breaknlinks
Breaknlinks

नेपालको चित्रकलासम्बन्धी मलाई त्यति थाहा छैन।

यस लेखमा भारतीय गोर्खाहरूबीच चित्रकला विषयक 'ब्लग' लेख्न म विवश भएँ। कारण, कसैले (नाम नदिऊँ) मलाई चित्रकला विषयक 'कमेन्ट' नगरेर आफ्नो विकृत मानसिकता देखाउँदै चित्रकारले चित्रांकित गरेको तैलचित्र- गोपिनीहरूले नग्न भएर नुहाइरहेका बेला उनीहरूको वस्त्र वृक्षमा झुण्डाईकन भगवान् कृष्णले वृक्षमा बसी हातमा मुरली लिएकामाथि कमेन्ट गरे- मलाई 'बहुला'को उपमा दिएर।

कमेन्ट गर्नेको मनाशय मैले बुझिहालेँ- उनले किन यस्तो कमेन्ट गरेका हुन् भनेर। कमेन्ट गर्नु थियो त अरू  चित्रहरूमा पनि गर्नुपर्ने हो। जबकि, मैले गोपिनीसम्बन्धी तैलचित्रसहित अरू नग्न तैलचित्र पनि लेखमा समावेश गरेको थिएँ तर यी तैलचित्रमा कमेन्ट नगरेर भगवान् कृष्ण र गोपिनीहरूसम्बन्धी तैलचित्रलाई इंगीत गरी  मलाई किन बहुला भने? 

यहाँ स्पष्ट लेखिदिन्छु- कमेन्ट गर्नेहरू चित्रकलावादी नभएर जातिवादी हुन्।धर्म छुट्याउने धर्मवादी हुन्- म हिन्दू,तँ बुद्धिष्ट, तँ क्रिस्तान, तँ इस्लामी...आदि भनेजस्तो...।

मनमा राखौँ- चित्रकला विश्वभाषा हो। यसैकारण चित्रकला बाहुनवाद, विश्वकर्मवाद, मगरवाद, गुरुङवाद, किराँतवाद होइन। विश्ववाद हो। विश्ववाद भएको हुनाले कुनै पनि धर्मसम्बन्धी तैलचित्र– चाहे त्यो तैलचित्र नग्न नै किन नहोस् तर कहिल्यै नग्न हुँदैन। कलाको रूपमा विश्वले हेर्छ।

यसै कारण विश्वले चित्रकलाको रूपमा हेरोस् भनेर नग्न देवी विनशको तैलचित्र विश्वको सबैभन्दा विशाल सङ्ग्रहालय 'लुभ्र' मा सजाइएको छ। यसरी नै विकृत मानसिकता भएकाहरूको सोचाइ पनि हुनुपर्ने हो- भगवान् कृष्ण र गोपिनीहरूले सजिएका तैलचित्र विश्वका महान्-महान् संग्रहालयमा सुशोभित हुन् भन्ने।

पाँच दिन जति भयो होला, मैले चित्रकलालाई लिएर लेख अनि तैलचित्रहरू पनि पोष्ट गरिरहेको छु। विशेष लेख चाहिँ नग्न चित्रकलालाई लिएर लेखेको छु। लेख्ने कारण– हाम्रो गोर्खे समाजको सङ्कुचित मानसिकता नभएर  चित्रकलालाई माथि स्वस्थ मानसिकता होस् भनेर। 

यसै कारण भारतीय चित्रकारहरूले नग्न चित्र चित्रांकन गर्ने प्रेरणा पाएका भगवान् कृष्ण र गोपिनीसम्बन्धी कुरा लिएर हुन् कि भन्ने आनुमानिक लेख के पोष्ट गरिदिएको के थिएँ। जातिवाद छुट्याउने, धर्म छुट्याउने विकृत मानसिकता भएकोहरूले मलाई 'बहुला' भनेर टिप्पणी गरिहालेँ। 

याद गरौँ- भारतमा नग्न चित्रकलाको थालनी कहिलेदेखि भयो ? कसैले प्रामाणिक रूपमा भन्न सक्तैन। सबैले अनुमानकै भरमा आफ्ना कुरा ऱाख्छन्। मैले पनि अनुमानको भरमा लेखेको। यसरी यो शोधको विषय हो।

यदि चित्रकलासम्बम्धी मलाई "बहुला" भनेर कमेन्ट गर्नेहरूले जान्दछन् भने चित्रकलाबारे लेख लेख्नू- भारतीय चित्रकारहरूले नग्न तैलचित्र चित्राङ्कित गरेका छैनन् भनेर।

लेखिदिए भारतीय गोर्खाहरू लाभान्वित हुनेथियो। भारतीय गोर्खाहरूले गुण मान्ने थिए, तर के लेख्लान् र? बहुला भन्नेले! चित्रकला सिक्छु भन्ने कुरा त यस्ताबाट परै जाओस्।

दु:खको कुरा- सिक्छु भन्ने प्रवृत्ति गोर्खाहरूमा छँदै छैन। एकजना भाइ तारा शेर्पाले सिक्ने चाहनामा सेडिंगबारे कमेन्ट गरेका छन्। उनलाई साधुवाद। उनलाई सेडिंगबारे उत्तर दिएको छु। यस उत्तरलाई अजय खडका भाइले समर्थन गरेका छन्, समर्थन गरेका छन्।

प्रकाशित मिति: : 2021-05-18 20:40:00

प्रतिकृया दिनुहोस्