मायानगरीमा ‘ताउते’को ताण्डव (फोटो फिचर)

Photo's : NDTV

अरब सागरबाट उठेको चक्रतर्वी तूफान ‘ताउते’को असर मुम्बईमा देखिएको छ।

सोमबारदेखि मुम्बईको समुन्द्री तट र आसपासको क्षेत्र आँधीसहित वर्षाले जलमग्न छ। १४४ किमीको रफ्तारमा चलेको आँधी-भारी वर्षाले पूरै मायानगरी मुम्बई टापू जस्तै देखिन्छ।

यहाँको समथर क्षेत्रमा पानी बाहेक केही छैन। मुम्बईमा हावाको बेग तीब्र रहेको छ। मुम्बईको लोकल रेलवे लाइनमा भारी वर्षाले जताततै पानी भरिएपछि रेल सेवा समेत पूर्णरुपमा बन्द छ। महाराष्ट्रमा हजारौँ मानिसलाई ‘ताउते’ तूफानले दुःख दिएको छ।

रुख ढल्दा सडक रोकिएको छ। मुम्बईबासी एक ठाँउबाट अर्को ठाउँ जान सकिरहेका छैनन्। ‘ताउते’को प्रवेशअघि नै लाखौं मानिसलाई सुरक्षित स्थानमा लैजादा ठूलो मानवीय क्षति नभएको महाराष्ट्र सरकाले जनाएको छ। 

‘ताउते’ले मच्चाएको वितन्डाले मुम्बई, कर्नाटक, गोवा, केरलका ठाउँमा १८ जनाको मृत्यु भएको छ। मुम्बईमा मात्रै दर्जन बढीको चक्रतर्वी तूफानका कारण मृत्यु भएको राज्यको गृह मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-05-18 07:48:00

प्रतिकृया दिनुहोस्