कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कालिकोटका एक काेराेना संक्रमितको मृत्यु भएको छ। त्यहाँ पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको हो। 

मृत्यु हुनेमा कालिकोट तिलागुफा नगरपालिका – ३ का ६७ वर्षीय सिंहबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक नविन थापा मगरले बताए।  ‘उनको उपचारको क्रममा मृत्यु भएको हो' उनले भने। 

जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुने शाही पहिलो संक्रमित थिए। 

कर्णाली प्रतिष्ठानमा पिसिआरबाट संक्रमित हुनेको संख्या २ सय १० जना पुगेको छ। 

हाल २७ जना बिरामी भर्ना गरिएको मेडिकल रेकडर मेघराज बुढाले बताए। प्रतिष्ठानमा हुम्लाका एक र कालिकोटका एक जना बिरामीको समेत उपचार भइरहेको छ।

 

प्रकाशित मिति: : 2021-05-16 19:57:00

प्रतिकृया दिनुहोस्