यूपीमा थप एक साता बन्दाबन्दी, श्रमिकलाई मासिक भत्ता

Photo : livehindustan
Photo : livehindustan

भारतमा कोरोना महामारी संकटमा कुनै कमि नआएपछि उत्तर प्रदेश राज्य सरकारले थप एक साता बन्दाबन्दी घोषणा गरेको छ।

मुख्यमन्त्री योगी आदित्यनाथले शनिबारको मन्त्रिपरिषद् बैठकमा कोरोना रोकथामका लागि आगामी २४ तारिखसम्म पूर्ण बन्दाबन्द्यी गर्ने निणर्य गरेका हुन्। राज्यभर मानिसलाई हिँडडुल वा भीडभाड गर्न विहान सात बजेदेखि प्रतिबन्ध गरिएको छ।

महामारी थाम्न जारी गरिएको कानून कोही–कसैले उलंघन गरे कडा कारबाही गरिने राज्यस्थित गृहमन्त्रालयले जनाएको छ। तर, आवश्यक सेवा वा सुविधाका लागि भने राज्यभर नै सुरक्षा निकायको समन्वयमा छूट मिल्ने बताइएको छ।

मन्त्रिमरिषद् बैठकले 'यूपी अक्सिजन उत्पादन प्रोत्सान योजना २०२१' को समेत अनुमति दिएको छ। मुख्यमन्त्री योगीको प्रस्तावमा श्रमिकहरूको लागि मासिक एक हजार भत्ता र तीन महिनाका लागि रासन दिने घोषणा गरेको छ।

लखनउ, जौनपुर, फिरोजावाद र सिद्धार्थ नगरमा चाँडै नै 'अक्सिजन प्लान्ट' चालू गर्ने बताइएको छ। यूपी सरकारले ग्रामिण क्षेत्रका स्वास्थ्य चौकीहरूमा उपचार सेवालाई प्रभावकारी बनाएको छ।

प्रकाशित मिति: : 2021-05-16 07:11:00

प्रतिकृया दिनुहोस्