
बिएल संवाददाता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट अक्सिजन अभावको विकल्पबारे बुझ्न कीर्तिपुर राष्ट्रिय आविस्कार केन्द्र पुगेर त्यसका अध्यक्ष महावीर पुनलाई भेटेका छन्।
कोरोना संक्रमितको उपाचारको लागि अक्सिजनको हाहाकार भएपछि मन्त्री भट्टले शनिबार अविस्कार पुगेर पुनसँग अक्सिजन अभावको सम्भावित विकल्पबारे छलफल गरेका हुन्।
मन्त्री भट्टलाई पुनले तत्काल ‘अक्सिजन कन्सन्ट्रेटर’ मेशिनको व्यवस्थापन गर्न, बन्द अवस्थामा रहेका अक्सिजन उद्योगलाई सञ्चालनमा ल्याउन सुझाव दिएका छन्।
पुनले तत्काल सरकारले ‘अक्सिजन कन्सन्ट्रेटर’ मेशिन आयात गरेमा त्यसको व्यवस्थापन अविस्कार केन्द्रले गर्ने बताएका छन्। उनका अनुसार तत्काल अक्सिजन ‘प्लान्ट’ सञ्चालनमा ल्याउन नसकिने भएकोले यो विकल्प सबैभन्दा उत्तम रहेको छ।
अविस्कार केन्द्रले दिएका विकल्पबारे आइतबार बस्ने मन्त्री परिषद्को बैठकमा सल्लाह गर्ने र सोही अनुसार अगाडि बढ्ने योजना रहेको मन्त्री भट्टले बिएल नेपाली सेवालाई बताए।
कोरोना संक्रमितका बिरामी बढेपछि बजारमा अक्सिजनको चरम अभाव भएको अवस्थामा केन्द्रले अनेकौं विकल्पबारे अध्ययन गरिरहेको पुनले बताए।
हाल अविस्कार केन्द्रले पर्वतोरोहीले प्रयोग गरेका अक्सिजन सिलिण्डरलाई बिरामीको उपचारको लागि प्रयोगमा ल्याउने तयारीमा रहेको छ। केन्द्रले देशभरका अक्सिजन ‘प्लान्ट’को स्थापना तथा मर्मतसमेत गर्दै आएको छ।
बिगतदेखि नै कोरोना महामारीमा विभिन्न उपकरण बनाएर निःशुल्क वितरण गर्दै आएको केन्द्रले कोरोनाको दोस्रो लहरसँगै सक्रियता बढाएको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया