
विष्णु उपरकोटी
बहुलवाद र भूमण्डलीकरणको
एक जोडी जुत्ता लगाएर,
केन्द्रीकरणको सडक हुँदै,
बिकेन्द्रीकरणको
यात्रामा निस्के रुशो !
उनी,
आश्वासनका बस्तीमा
सपनाको रातो कमिजका
दुबै तर्फका बङ्गाली
गोजीमा एक-एक फाँका
नित्से र ल्योटार्डका दाना-
घरीघरी निसेलको अञ्जुलीमा
मुठ्याएर
स्वच्छतावादी मुखमा ज्युनारको
अछुत सम्मेलन गर्छन्।
घरी,
सडकको छेउछाउमा भेटेका
मार्क्सवादीहरूलाई
लज्जावली काँडा सम्झेर
स्वाधिनताको
लठ्ठीले ठाङ् ठाङ् ठुङ् ठुङ्
बनाइ-
साइबर संसारको
घुर्यानमा फालिदिन्छन्।
हिँड्दै जाँदा,
अराजकताको टाकुरामाथि
स्त्रीको नग्न तस्वीरमा
जीवन अवधिको आखिरी निधार जोड्छन्।
र प्रकृतिको आशिष बर्साउछन्।
अन्ततः
अथक यात्रा पश्चात्,
बसन्त ऋतुको
पालुवारूपि सपनाको चुचुरोमा टेक्दै,
प्रकृतितर्फ देखाएर,
शान्तिको स्टेजमा
सा- रे -ग -म को
जमातअघि
एक वाक्यमा लामो भाषण गर्छन्,
"वसुधैव कुटुम्बकम"
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया