विष्णु उपरकोटी
बहुलवाद र भूमण्डलीकरणको
एक जोडी जुत्ता लगाएर,
केन्द्रीकरणको सडक हुँदै,
बिकेन्द्रीकरणको
यात्रामा निस्के रुशो !
उनी,
आश्वासनका बस्तीमा
सपनाको रातो कमिजका
दुबै तर्फका बङ्गाली
गोजीमा एक-एक फाँका
नित्से र ल्योटार्डका दाना-
घरीघरी निसेलको अञ्जुलीमा
मुठ्याएर
स्वच्छतावादी मुखमा ज्युनारको
अछुत सम्मेलन गर्छन्।
घरी,
सडकको छेउछाउमा भेटेका
मार्क्सवादीहरूलाई
लज्जावली काँडा सम्झेर
स्वाधिनताको
लठ्ठीले ठाङ् ठाङ् ठुङ् ठुङ्
बनाइ-
साइबर संसारको
घुर्यानमा फालिदिन्छन्।
हिँड्दै जाँदा,
अराजकताको टाकुरामाथि
स्त्रीको नग्न तस्वीरमा
जीवन अवधिको आखिरी निधार जोड्छन्।
र प्रकृतिको आशिष बर्साउछन्।
अन्ततः
अथक यात्रा पश्चात्,
बसन्त ऋतुको
पालुवारूपि सपनाको चुचुरोमा टेक्दै,
प्रकृतितर्फ देखाएर,
शान्तिको स्टेजमा
सा- रे -ग -म को
जमातअघि
एक वाक्यमा लामो भाषण गर्छन्,
"वसुधैव कुटुम्बकम"
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया