'वीर विक्रम २' हिन्दी भाषामा पनि 

चलचित्र 'वीर विक्रम २' भारतीय युट्युब च्यानलबाट पनि रिलिज हुने भएको छ। 

चलचित्र पूर्णरुपमा हिन्दी भाषामा डविङ भएको छ। पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेनको मुख्य भूमिका रहेको चलचित्रको हिन्दी डब गरेको सानो अंश त सार्वजनिकसमेत भइसकेको छ। 

सामाजिक सन्जाल फेस्बूकमार्फत् अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता पल साहबीचको संवाद हिन्दीमा स्वरांकन भएको दृश्य शेयर गर्दै निर्देशक मिलन चाम्सले लेखेका छन्, ‘हामीले चलचित्र हलमा नै प्रदर्शन गर्ने गरी चलचित्रको हिन्दी डबिङ गरेका थियौँ। तर, कोरोनाले भारतका चलचित्र हल अनिश्चितकालका लागि बन्द भएका छन्। अब युट्युबमै फिल्म रिलिज गर्दैछौं। चलचित्रको हिन्दी डब निकै राम्रो भएको छ।’ 

प्रकाशित मिति: : 2021-05-15 05:59:00

प्रतिकृया दिनुहोस्