ओली प्रधानमन्त्रीमा आजै नियुक्त हुँदै, सपथग्रहण भोलि

Breaknlinks
Breaknlinks

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाकाे बहुमत सदस्य लिएर प्रधानमन्त्रीमा पुनः नियुक्त हुने भएका छन्।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दाबी नगर्ने भएपनि अध्यक्ष ओली नै प्रधानमन्त्री बन्ने निश्चित भएकाे छ।

संविधानको धारा ७६(२) अनुसार दलहरूले बहुमतको सरकार गठन गर्न दाबी पेश गर्न नसक्ने अवस्था सिर्जना भएको र विपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले बुहमतको सरकारमा दाबी पेश गर्न नसक्ने बताएपछि ओली प्रधानमन्त्रीमा पुनः नियुक्त हुन लागेका हुन्। 

उनी संविधानको धारा ७६(३) अनुसार ठूलो दलको नेताको हैसियतामा आजै प्रधानमन्त्रीमा नियुक्त हुनेछन्। ओलीकाे सपथग्रहण भने भाेलि हुने शीतल निवास स्राेतले जनाएकाे छ।

राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत दाबी गरेर आउन दिएको समय आज राति नौ बजेबाट सकिदैछ। त्यसअघि नै कांग्रेस बैठकले वैकल्पिक सरकारको दाबी नगर्ने निर्णय गरिसकेको छ।

प्रकाशित मिति: : 2021-05-13 20:22:00

प्रतिकृया दिनुहोस्