सुदूरपश्चिम प्रदेशमा पछिल्लो हप्तामा कोरोना भाइरसको सङ्क्रमण र मृत्यु हुने दर अहिलेसम्मकै उच्च देखिएको छ।
पछिल्लो हप्तामा आठ हजार ६२१ जनाको नमूना परीक्षण गरिएकामा चार हजार ३३१ सङ्क्रमित थपिएका छन्।
स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कानुसार एक हप्ताअघिसम्म रोगबाट मृत्यु हुने १४५जना रहेकामा यस हप्तामा बढेर २५६ पुगेका छन्। मृत्यु हुनेमा सबैभन्दा वढी २० देखि ३० वर्ष उमेर समूहका व्यक्ति छन्।
सबैभन्दा बढी मङ्गलबार एकै दिन कैलाली, कञ्चनपुर, बझाङ, अछाम, बैतडी र डडेल्धुराका, ३१ जनाको मृत्यु भएको छ। रासस