प्रदेश नं २ मा थप ५० हजार भिटिएम र रिएजेण्ट खरीद गरिने

बिएल संवाददाता

जनकपुरधाम 

प्रदेश नं २ सरकारले कोरोना सङ्क्रमण नियन्त्रण सन्दर्भमा परीक्षणको दायरा बढाउन थप ५० हजार भिटिएम र रिएजेण्ट खरीद गर्ने भएको छ।

मुख्यमत्री लालबाबु राउतद्वारा प्रदेशका चिकित्सक, जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसँग गरिएको भर्चुअल छलफलका आधारमा प्रादेशिक कोरोना भाइरस  व्यवस्थापन समितिले थप भिटिएम र रिएजेण्ट खरीद गर्ने निर्णय गरेको हो।

समितिले प्रदेशमा हुन सक्ने अक्सिजनको अभावलाई ध्यानमा राखी सङ्घीय सरकारसँग तत्काल चार हजार अक्सिजन सिलिण्डर मांग गर्ने निर्णय पनि गरेको छ। 

मुख्यमन्त्री सञ्चार सचिवालयका अनुसार होम आइसोलेशनमा रहेका सङ्क्रमितको हेरचाहका लागि स्थानीय तहसँग समन्वय गर्नाका साथै जिल्ला स्वास्थ्य कार्यालयका समन्वयमा प्रत्येक अस्पतालमा हेल्थ डेस्क स्थापना गर्ने निर्णयसमेत समितिले गरेको छ। रासस 

प्रकाशित मिति: : 2021-05-11 19:17:00

प्रतिकृया दिनुहोस्