कोरोनाको संक्रमण बढेपछि युएईले नेपालबाट आउने यात्रुलाई लगायो प्रतिबन्ध

संयुक्त अरब ईमिरेट्सले आगामी बुधबार राती १२ बजे देखि लागू हुनेगरी नेपालबाट आउने यात्रुहरुलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ।

नेपालमा कोभिड १९ को संक्रमण दर उच्च गतिमा बढेपछि युएईको राष्ट्रिय आपतकाल तथा विपत व्यवस्थापन निकायले सोमबार एक सूचना जारी गर्दै बुधबार रातिदेखि नेपाल सहित बंगलादेश , पाकिस्तान र श्रीलंकाबाट हुने हवाई उडान स्थगन गरेको हो।

युएईका नागरिक , कुटनैतिक नियोगका अधिकारीहरु , गोल्डेन भिजा बाहक एवम् आधिकारिक सरकारी उडान र व्यवसायीहरुको निजि उडानहरुलाई भने छुट दिईएको छ। तर उडान अघि ४८ घण्टा भित्रको पिसिआर परिक्षणको नतिजा र युएईमा अवतरण पछि पुनः पिसिआर परिक्षण गरेर १० दिन अनिवार्यरुपमा क्वारेन्टाइन बस्नुपर्ने छ।

युएईले यस अघि नै भारतबाट आउने यात्रुहरूलाई अर्को सूचना जारी नहुन्जेल सम्मका लागि प्रवेशमा प्रतिबन्ध लगाई सकेको छ।

प्रकाशित मिति: : 2021-05-10 22:20:00

प्रतिकृया दिनुहोस्