खोपको समानुपातिक वितरणका लागि फ्रान्सको आग्रह

franceinter.fr

फ्रान्सका राष्ट्रपति म्याक्रोँ नयाँ कोरोना भाइरस खोपको निर्यात नभएकोमा अमेरिका लगायत खोप निर्माण गरेका कतिपय यूरोपेली मुलुकलाई खोपको ब्यवस्थित वितरणका लागि आग्रह गरेका छन्।

उनले कुनै देशको नाम उल्लेख नगरिकनै भने, “कतिपय मुलुकमा उत्पादित खोप शतप्रतिशत आफ्नै बजारमा आपूर्ति भएको छ। जुन दुखद् कुरा हो।”

गत साताको अन्त्यमा पोर्चुगलको पोर्टोमा युरोपेली संघ सामाजिक शिखर सम्मेलनमा बोल्दै म्याक्राेँले भने, “खोप र कच्चा सामानको निर्यातमा खोपको यथोचित वितरण गर्नु जरुरी कार्यको तर कतिपय मुलुकले यसो नगरेको तर बहसलाई अन्यथा मोड्न खोजेको पाइएको छ।”

अङ्ग्रेजी पत्रिका ‘फाइनान्सियल टाइम्स’ले म्याक्रोनको टिप्पणीहरू विशेष गरी अमेरिका निर्देशित भएको बताएको छ भने अर्को पत्रिका ‘गार्जियन’ ले भने म्याक्राेँले बेलायती र अमेरिकी सरकारलाई अन्य देशहरूमा खोप निर्यात गर्न आग्रह गरेकाे आफ्नो समाचारमा उल्लेख गरेका छन्।

यसवर्ष मार्चसम्ममा चीनले विश्वलाई १० करोड ९० लाख खोप निर्यात गरेको छ जुन चीनमा कुल उत्पादनको ४८ प्रतिशत खोप हो। सिन्ह्वा

प्रकाशित मिति: : 2021-05-10 04:36:00

प्रतिकृया दिनुहोस्