गाईले कुल्चिएर बालिकाको मृत्यु

मोरङको सुनववर्षी नगरपालिका ८ स्थित बिश्वकर्मा टोलमा गाईले कुल्चिदाँ चार वर्षीया बालिकाको मृत्यु भएको छ। स्थानीय मजमुल हकको चार वर्षीया छोरी सवाना खातुनलाई आँगनमा खेल्ने क्रममा गाईले कुल्चिदाँ मृत्यु भएको हो। 


छिमेकी सुनवर्षी-९ का सहदेव यादवले गाई घर लैजाने क्रममा फुत्किएर मजमुलको घरको आँगनमा पुगेको थियो। त्यहि क्रममा आँगनमा खेलिरहेको बालिकालाई टेक्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। बालिकाको शव पोष्माटमका लागि रंगेली अस्पतालमा राखिएको ईलाका प्रहरी कार्यलय रंगेली ले जनाएको छ।

प्रकाशित मिति: : 2021-05-06 12:25:00

प्रतिकृया दिनुहोस्