लेटाङको जङ्गलमा भेटियो युवाको शव

घरबाट माछा मार्नका लागि भनेर निस्किएका मोरङको लेटाङ नगरपालिका–५ का २७ वर्षीय उगेन मगरको  जंगलमा शव भेटिएको छ।

मगर बुधबार बिहान १० बजेतिर घरबाट माछा मार्नका लागि भनेर निस्किएका थिए। घरबाट हिँडेका मगर भने भोलिपल्ट बिहीबार आज बिहान मृत फेला परेका हुन्।

माछा मार्न पथरीशनिश्चरे हिँडेका उनको शव लेटाङकै एउटा जङ्गलमा भेटिएपछि प्रहरीले गम्भीर रुपले घटनाको अनुसन्धान थालेको छ ।

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले घटनास्थलमा पुगेर घटनाको अनुसन्धान थाल्दै शवलाई पोस्टमार्टमका लागि लैजाने तयारी गरिरहेको छ।

प्रकाशित मिति: : 2021-05-06 12:09:00

प्रतिकृया दिनुहोस्