लथालिङ्ग क्वारेन्टाइन

काेराेना भाईरसकाे संक्रमण बढिरहेकाे अवस्थामा नागरिकलाई सुरक्षित राख्न प्रत्येक स्थानिय तहहरूले आवश्यक बजेटसहित पुर्व तयारी अवस्थामा रहनुपर्ने हाे, यतिवेला।

काेराेना भाईरसकाे दाेस्राे लहरबाट दिनानुदिन संक्रमित बढ्दै गएकाे र काेराेनाबाट मृत्युवरण हुनेकाे संख्याकाे ग्राफ उकालाे लागेकाे अवस्था छ। यसकारणले काठमाडौं उपत्यकाका तीन जिल्लासहित देशभरका विभिन्न जिल्लाहरूमा निषेधाज्ञा लागू गरिएकाे छ।

जिल्ला प्रशासन कार्यालय झापाले पनि आज राति १२ बजेदेखि पुर्ण निषेधाज्ञा जारी गरिसकेकाे छ। तर, झापाकाे दक्षिण पश्चिम गाउँपालिका गाैरीगंजमा काेराेना संक्रमित भेटिएपनि न त क्वारेन्टाइनकाे व्यवस्था गरिएकाे छ न त एम्बुलेन्स नै तयारी अवस्थामा छ।

अक्सिजनसहितकाे आईसाेलेसन वेडकाे त परकाे कुरा हाे। गाैरीगंज खजुरगाछीकाे प्राथमिक स्वास्थ्य केन्द्रकाे नयाँ भवनकाे मुल गेटमा फाेहाेरकाे डुङ्गुर छ। मुलगेट भित्र यत्रतत्र प्लास्टिकका भाडाकुडाहरू, सिमेन्टका बाेराहरू छरपस्ट छन् भने काेठाका वेडहरू फाेहाेरै फाेहाेर छन्।

क्वारेन्टाइन भनिएकाे उत्त भवनमा विजुली वत्ती पनि जडान गरिएकाे छैन। भवनकाे ट्वाइलेट – बाथरूममा त पसिनसक्नु छ। अस्पतालकाे मुल गेटमा ताल्चा लगाईएकाे छ भने बाहिरी परिसरमा पनि फाेहाेर छ।

गाैरीगंज गाउँपालिकाकाे विपद् व्यवस्थापन काेषमा २२ लाख रूपैयाँ रहेकाे बुझिएकाे छ। तर हालसम्म क्वारेन्टाइन , आईसाेलेसन र एम्बुलेन्सकाे पूर्व तयारी नहुदाँ गाउँपालिकाले चरम लापरवाही गरेकाे स्थानिय पत्रकार सन्तोष बिष्टले बताए।

गाैरीगंज गाउँपालिकाकाे भारतीय सीमासँग करिब ३० किलाेमिटर खुल्ला क्षेत्र जाेडिएकाे छ। ठाउँ- ठाउँमा प्रहरीकाे अस्थायी पाेष्ट निर्माण गरिए पनि सीमामा आवतजावत हुनसक्ने प्रवल सम्भावना छ। त्यैसैले पनि गाैरीगंज गाउँपालिका काेराेना महामारीकाे उच्च जाेखिममा रहेकाे छ।

याे समाचार तयार पार्दासम्म गाैरीगंजमा ३१ जना काेराेना संक्रमित पुष्टि भईसकेकाे छ। उनीहरू सवै हाेम आईसाेलेसनमा बसेर उपचार गरिरहेका छन्।

गाैरीगंज गाउँपालिकाकाे सीसीएमीसीकाे वैशाख १९ गते बसेकाे बैठकले क्वारेन्टाइनलगायत एम्बुलेन्सकाे व्यवस्थापन गर्ने भनी निर्णय गरेकाे थियाे। तर अहिलेसम्म एम्बुलेन्सकाे अताेपत्ताे छैन।

गाैरीगंज गाउँपालिकाले सञ्चालन गर्ने भनिएकाे उद्योग वाणिज्य संघ गाैरीगंजकाे एम्बुलेन्स मर्मतका लागि दमकस्थित ग्यारेजमा पठाईएकाे छ। उक्त एम्बुलेन्स तयार हुन अझ ३/ ४ दिन लाग्ने बताईएकाे छ।

गाैरीगंज गाउँपालिका वार्ड नं. १ स्थित साना किसान कृषि सहकारी संस्थाकाे एम्बुलेन्स पनि विग्रिएर थन्किएको छ भने काेराेना संक्रमितका लागि लाल बहादुर स्मृति प्रतिष्ठानद्वारा सञ्चालित एम्बुलेन्स र स्थानिय राजु भुजेलले भाडामा सञ्चालन गरिरहेकाे दमक अस्पतालकाे एम्बुलेन्स पनि पुर्व तयारी छैन।

काेही कसैलाई काेराेना संक्रमण भएकाे पुष्टि भईहाले भने विरामीलाई अस्पतालसम्म लान गाैरीगंजमा एम्बुलेन्स पाईने अवस्था छैन।

क्वारेन्टाइनकाे भवनमा फाेहाेरकाे डुङ्गुर छ नि ? तयारी अवस्थामा रहेकाे भनिए पनि त्याे व्यवहारिकरूपमा देखिएन नि ? किन यस्ताे लापरवाही ? भन्ने जिज्ञासामा गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले भने, ‘ क्वारेन्टाइन तयारी अवस्थामा नै राखेका छाै। सरसफाई गराईराखेकाे अवस्था छ। विजुलीकाे जडान पनि भाेली सम्म भईहाल्छ। सम्पुर्ण तयारी २/३ दिनमा पूरा हुन्छ।’

'भारतीय सीमासँग जाेडिएकाे गाउँपालिका भएकाे र संक्रमितकाे संख्या दिनानुदिन बढ्दै गईरहेकाे अवस्थामा गाउँपालिकाका चुप लागेर बसेकाे छैन।', त्यसका लागि आवश्यक तयारी भईरहेकाे उनले बताए।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले क्वारेन्टाइन, आईसाेलेसन वेड, अक्सिजन र अन्य आवश्यक औषधिहरूकाे व्यवस्थापनमा लागिरहेकाे बताए। क्वारेन्टाइन भवनमा विजुली पानी, वेड व्यवस्थापन र सरसफाईकाे काम भईरहेकाे उनकाे भनाई छ।

प्रकाशित मिति: : 2021-05-06 09:45:00

प्रतिकृया दिनुहोस्