लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेललाई असन्तुष्टि जनाउँदै अलगिएका दुई सांसद पुनः मुख्यमन्त्रीकै पक्षमा देखिएका छन्।
कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले आइतबार प्रदेशका मुख्यमन्त्री पोखरेलको पुनःनियुक्तिमा असन्तुष्टि जनाउँदै अलगिएका थिए। तर दुवै सांसदले आज फेरी संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री पोखरेललाई नै समर्थन दिने बताएका छन्।
सूर्य चिन्हबाट चुनाव जितेका उनीहरुले एमाले संसदीय दलमै प्रतिबद्ध रहने बताएका हुन्।
'माननीय कुलप्रसाद केसी समेतकाले सरकार गठनको सन्र्दभमा गरिएको दावीमा हाम्रो हस्ताक्षर प्रस्तुत गर्नु बदनियत र त्रुटिपूर्ण छ।', विज्ञप्तिमा उल्लेख गरेका छन्।
लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भए लगत्तै नेकपा एमालेका तीन जना सांसदले राजीनामा दिएका छन्।
उनीहरूले असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका हुन्।
राजिनामा दिनेमा कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दृगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाही रहेका छन्।