इटालियन सिरी 'ए' को उपाधि मिलानलाई

Photo : SBSsports
Photo : SBSsports

इटालियन सिरी 'ए' फुटबलको उपाधि इन्टर मिलानले जितेको छ।

मिलानले ११ वर्षपछि सिरी 'ए' को उपाधि जितेको हो।

आइतबार राति भएको खेलमा दोस्रो स्थानको एट्लान्टा बराबरीमा रोकिएपछि इन्टरले उपाधि जित्यो।

१० खेलाडीमा समेटिएको एट्लान्टाको बराबरीसँगै इन्टरले १३ अंकको स्पस्ट अग्रता बनाएको थियो।

इन्टरले पछिल्लो समय सन् २०१० मा सिरी 'ए' को उपाधि जितेको थियो।

प्रकाशित मिति: : 2021-05-03 06:38:00

प्रतिकृया दिनुहोस्