इटालियन सिरी 'ए' फुटबलमा इन्टर मिलानले क्रोटोनलाई पराजित गरेको छ।
शनिबार राति भएको खेलमा इन्टरले क्रोटोनलाई २-० अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो।
इन्टरलाई जित दिलाउन क्रिस्टियन एरिक्सन र आच्रफ हाकिमीले एक एक गोल गरे।
इन्टरले सन् २०१० पछि सिरी 'ए' को उपाधि जितेको छैन। इन्टरले यो पटकको उपाधि जित्न आगामी खेलमा एट्लान्टालाई जित्नुपर्नेछ।