इजरायलद्वारा आफ्ना नागरिकलाई सात देश जान प्रतिबन्ध

इजरायलले आफ्ना नागरिकलाई विभिन्न सात देश जान प्रतिबन्ध लगाएको छ। 

ती देशमा पछिल्लो समयमा कोरोना भाइरसको न्यु भेरिएन्ट पाइएको र महामारीको खतरा निकै बढेको भन्दै आफ्ना नागरिकलाई जान प्रतिबन्ध गरेको छ।

यसरी प्रतिबन्ध गरिएका देशहरुमा युक्रेन, इथियोपिया, ब्राजिल, दक्षिण अफ्रिका, भारत, मेक्सिको र टर्की रहेका छन्। सो प्रतिबन्ध आगामी सोमबारबाट शुरु हुने र १३ दिनसम्म रहने बताइएको छ। रासस 

प्रकाशित मिति: : 2021-05-01 18:51:00

प्रतिकृया दिनुहोस्