आईपीएल टी(ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकत्ता नाइट राईडर्सलाई पराजित गरेको छ।
कोलकत्तालाई ७ विकेटले पराजित गर्दै क्यापिटल्स दोस्रो स्थानमा उक्लिएको हो।
कोलकत्ताले दिएको १ सय ५५ रनको लक्ष्य दिल्लीले १६ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो। दिल्लीको लागि पृथ्वी शले ८२ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४१ बलमा ११ चौका र ३ छक्का प्रहार गरे।
यस्तै शिखर धवनले ४६ रन बनाए। कप्तान ऋषव पन्त १६ रनमा आउट भए।
यो जितसँगै दिल्लीले ७ खेलमा १० अंक जोड्दै लिगमा पाँचौ जित निकालेको छ। कोलकत्ताको पनि यो पाँचौ हार हो।