‘कोरोना खोप बिचौलियाले रोक्यो, हाम्रो स्वास्थ्य प्रणालीले महामारी नधान्न सक्छ’ [भिडिओसहित]

हिमाल खबर

काठमाडौं

१ वैशाखमा देशभर कोरोनाभाइरस (कोभिड–१९) का सक्रिय संक्रमित जम्मा ४ हजार ५६ थिए। दुई सातामा त्यो संख्या बढेर ३० हजारभन्दा माथि पुगेको छ। चिकित्सकहरूका अनुसार, कुल संक्रमितमध्ये करीब पाँच प्रतिशतलाई अस्पतालमा राखेर उपचार गर्नुपर्ने देखिएको छ।

सक्रिय संक्रमितको संख्या बढ्दै जाँदा स्वाभाविक रूपमा थप शय्याको खाँचो पर्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभरि जनरल बेडको संख्या १८ हजार ९१७, आईसीयू १ हजार ४८६ र भेन्टिलर ६३४ वटा छन्।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी अहिलेकै गतिमा संक्रमित थपिए हाम्रो स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था आउन सक्ने बताउँछन्। उनी भन्छन्, “हामीले आफ्नो ठाउँबाट गर्नुपर्ने काम गरिरहेका छौं, तर महामारीबाट जोगिन सबैभन्दा पहिला व्यक्ति आफैं सचेत हुन जरुरी छ।”

कोभिड–१९ संक्रमणको दोस्रो लहरले बढाएको संकट र हाम्रो स्वास्थ्य प्रणालीबारे मन्त्री त्रिपाठीसँगकाे कुराकानी

प्रकाशित मिति: : 2021-04-29 10:02:00

प्रतिकृया दिनुहोस्