त्रिवेणीका अग्निपीडितलाई एमाले राेल्पाकाे सहयोग

नेकपा एमाले रोल्पाले त्रिवेणी गाउँपालिकाका आगलागी पीडितहरुलाई सहयोग गरेको छ। 

आगलागी पीडितहरुलाई विभिन्न खाद्यान्नका सामाग्रीहरु वितरण गरिएको हो।

पीडितहरुलाई खाद्यान्न सामग्री हस्तान्तरण गर्दै एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा रोल्पा जिल्ला अध्यक्ष बालाराम बुढाले आगलागीको घटनाप्रति दुःख व्यक्त गर्दै विपतको सामना गर्न स्थानीयलाई हौसला दिए। साथै उनले जनताको दुःखमा एमाले सधैँ सहयोगी बनेर उभिने पनि बताए।

त्यस्तै जिल्ला सचिव निमप्रसाद रोकाले मानवीय गतिविधि कै कारण यस्ता घटनाहरु सिर्जना हुने सचेत गराउँदै सबैलाई सर्तक रहन आग्रह गरे। जनताको सेवानै पार्टीको पहिलो धर्म रहेको उनको भनाई थियो।

सामग्री हस्तान्तरणमा बोल्दै प्रदेश सचिवालय सदस्य शान्तकुमार ओलीले लागलागी पीडितहरुलाई विपतको अवस्थामा नआत्तिन आग्रह गरेका थिए। 

पिरालेका १९ घरपरिवारलाई राहत दिएको र गाउँका अन्य पीडितहरुलाई पनि राहत दिईने एमाले प्रदेश सचिवालय सदस्य ईश्वरी जिएमले जानकारी दिईन्।

त्रिवेणी गाउँपालिकाबाट सुरु भएको आगलागी अहिले रुन्टीगढी गाउँपालिकाको ९ नम्वर वडाको सर्पाल र गुनाम गाउँको जंगलमा पुगेको छ।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जनप्रतिनिधि, स्थानीयहरु खटिएका छन्। तर आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। आगलागी भएको वस्तीमा खानेपानी र विजुली बत्ती अवरुद्ध भएको छ। साथै आगलागीबाट स्वर्गद्वारी महाप्रभुकाे जन्मस्थल गाउँसमेत उच्च जाेखिममा परेकाे छ।

आगलागिबाट ४२ वटा घरगोठ जलेर नष्ट भइसकेका छन् भने अन्य क्षतिको विवरण आउन बाँकी छ। साढे ३ सय हेक्टर भन्दाबढी जंगलमा आगलागी भएको अनुमान गरिएको छ।

घटनाको विस्तृत विवरणको संकलन काम भइरहेको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले बताएका छन्। 



रोल्पाको आगलागी भयावह: अझै आएन नियन्त्रणमा

प्रकाशित मिति: : 2021-04-28 21:10:00

प्रतिकृया दिनुहोस्